अस्ट्रेलियामा पहिलो पटक मृत्युको प्रमुख कारण डिमेन्सिया बन्ने क्रममा रहेको तथ्यांकले देखाइएको छ । यसअघि अस्ट्रेलियाको मृत्युको प्रमुख कारण हृदय रोग थियो । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सले प्रकाशित गरेको तथ्याङ्कअनुसार इस्केमिक हृदय रोग २०२३ मा अस्ट्रेलियामा ९.२ प्रतिशत मृत्युको लागि जिम्मेवार थियो भने डिमेन्सिया ९.१ प्रतिशत रहेको पाइएको छ । ब्युरोका मृत्युदर तथ्याङ्क प्रमुख लरेन मोरनले पुरानो र वृद्ध जनसंख्याको लागि चिकित्सा उपचार र स्वास्थ्य हेरचाहमा सुधारको कारण हृदय रोग मृत्यु दरमा गिरावट र डिमेन्सियाको मृत्युमा वृद्धि भएको छ । डिमेन्सिया जसमा अल्जाइमर रोग समावेश छ ।