• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

हिमालय क्लवले विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने

नीतिप्रेस by नीतिप्रेस
October 17, 2024
in agriculture, Uncategorized, अन्य, कला-साहित्य, गण्डकी प्रदेश, जीवनशैली, नेपाली समाचार आजको, मनाेरञ्जन
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा,पोखराको सामाजिक संस्था हिमालय क्लव, वाटुलेचौरले विभिन्न कार्यक्रम गरी २८औं स्थापना दिवस मनाउने भएको छ ।

क्लवले विहीवार एक कार्यक्रमका विच यही कार्तिक २२ गते स्थापना दिवस मनाउने गरी तयारी शुरु गरेको जनाएको छ ।दिवसका अवसरमा २७ औं रक्तदान तथा चियापान कार्यक्रम गर्ने र सोही दिन क्लवद्वारा संचालित स्व. नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कार वितरण, सावित्री लिलाधर उत्कृष्ट कृषक पुरस्कार तथा विपन्न एकल महिला सहयोग वितरण सहित विभिन्न साँस्कृतिक कार्यक्रम गरिने क्लवका अध्यक्ष मोहनवहादुर थापाले जानकारी दिनुभयो । सो कार्यक्रम सम्पन्न गर्न द्वितीय उपाध्यक्ष प्रकाश थापाको संयोजकत्वमा मुल समारोह समिति गठन गरिएको छ ।

क्लवले समाजसेवा पुरस्कारका लागी पुर्व अध्यक्ष जीवनारायण श्रेष्ठको संयोजकत्वमा निवर्तमान अध्यक्ष सुशील वस्नेत, पुर्व अध्यक्ष ताराप्रसाद तिमिल्सीना,सल्लाहकार खिमलाल अधिकारी र संस्थापक मध्यवाट यादवचन्द्र देवकोटा सदस्य रहने गरी छनौट समिति, कृष्णप्रसाद अधिकारी र प्रभा कोइरालाले स्थापना गर्नुभएको कृषक पुरस्कारका लागी, प्रथम उपाध्यक्ष पुष्पराज अधिकारीको संयोजकत्वमा सहसचिव मनु वस्नेत र लक्ष्मी श्रेष्ठ सदस्य रहेको छनौट समिति गठन गरिएको अध्यक्ष थापाले वताउनुभयो ।समाजसेवा पुरस्कारको राशी नगद १५ हजार, सल र सम्मानपत्र रहेको छ । सो पुरस्कार यसअघि उद्योगपति गणेश वहादुर श्रेष्ठ, तेज वहादुर गुरुङ, लायन स्व. गोविन्द वहादुर केसी, अग्रज भलिवल खेलाडी स्व. उदय वहादुर वस्नेत, सिद्घार्थ क्लव र नव आर्दश सामुदायिक विकास संस्थालाई प्रदान गरिएको थियो ।

वि.सं. २०५४ साल कार्तिक १२ गते स्थापना भएको क्लवले यही कार्तिक १२ गते क्लव प्राङ्गणमा साँझ दिप प्रज्वलन गर्ने सचिव तुल वहादुर वस्नेतले जानकारी दिनुभयो । क्लवको वैठकले ९ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । जसमा राजेन्द्र वहादुर देवकोटा,खिमलाल अधिकारी,कुमार श्रेष्ठ, चित्र वहादुर थापा, गुरुदत्त भट्टराइ, दुर्गा केसी थापा, राजकुमारी वानियाँ, कानुनी सल्लाहकार अधिवक्ता शालिग्राम भट्टराइ, र पदेन सल्लाहकारमा वडाध्यक्ष अमृत शर्मा तिमिल्सीना रहेका छन् ।

हालै निवार्चित क्लवको समितिले विभिन्न क्षेत्रलाई समेट्ने गरी वाषर््िाक कार्य योजना तय समेत गरेको वताईएको छ ।
-शिशिर उजाड

Previous Post

मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमाः महोत्तरीबाट १ सय १ पाहुर जानकी मन्दिर ल्याइयो

Next Post

संगठित अपाराध गर्नेहरु वर्तमान मन्त्रीपरिषद रहेको स्वर्णिम वाग्लेको आरोप

Next Post

संगठित अपाराध गर्नेहरु वर्तमान मन्त्रीपरिषद रहेको स्वर्णिम वाग्लेको आरोप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन