• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

२० औं लेखनाथ महोत्सव पुस १८ गते देखी आयोजना हुने

नीतिप्रेस by नीतिप्रेस
December 3, 2024
in agriculture, Uncategorized, अन्य, गण्डकी प्रदेश
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा मंसिर १७/ २० औँ संस्करणको लेखनाथ महोत्सव पुस १८ गतेदेखी माघ १ गते सम्म आयोजना हुने भएको छ ।

सोमबार लेखनाथमा आयोजित पत्रकार सम्मेलनमा संघले पुसको १८ गते देखि माघ १ गते सम्म पोखरा २७ को तालचोकमा २० औँ संस्करणको लेखनाथ महोत्सव गर्न लागेको जानकारी दिइएको हो ।

कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ साल देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ साल देखि वार्षिक रुपमा लेखनाथ महोत्सव गर्दै आएको र विभिन्न जात जाति भाषा भाषीलाई एकै थलोमा उपस्थीत गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्धेश्यले महोत्सवको आयोजना गरिएको वताए ।
अध्यक्ष श्रेष्ठले स्थानीय कृषि तथा औद्योगिक उत्पादनको प्रवद्र्धन, हस्तकलाका वस्तुहरुकोे बजार प्रवद्र्धन तथा पहिचान, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, र प्रविधि हस्तान्तरण, उद्यमशिलता, सृजनशिलतामा जोड, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकहरुमा उत्पादित वस्तु तथा सेवाहरुको प्रदर्शनी, जातिय भेषभुषा, कला संस्कृति, रितिरिवाजको जर्गेना, नवप्रतिभा प्रस्फुटन साथै आन्तरिक एवं वाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको वताए ।

पत्रकार सम्मेलनमा संघकी महासचिव एवं महोत्सवका प्रचार प्रसार संयोजक जानुका पराजुलीले औद्योगिक ब्यापार मेला, हस्तकलाका सामानहरु, दैनिक उपभोग्य एवं खाद्यान्न सामानहरु, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामानहरु, विद्युतीय उपकरण, फर्निचरका सामानहरु, भान्छामा प्रयोग हुने मालसामानहरु, शिक्षा, स्वास्थ्य, खेलकुदका सामाग्रीहरु, सूचना प्रबिधि तथा सञ्चारका उपकरणहरु, लेखनाथ क्षेत्रका गतिविधिहरु, फुड फेस्टिवल, अटोमोवाइल लगायतको प्रदर्शनी, वित्तिय तथा अन्य सेवामुलक संघ संस्थाको सेवा तथा जानकारी, यस क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी प्रर्दशनी, कफि, ताजा तरकारी, जैविक विविधता, दुग्धजन्य उत्पादन लगायतको विक्रि एवं प्रदर्शनी महोत्सवको मुख्य आर्कषण रहने वताईन ।

महोत्सवको थप आकर्षणको रुपमा यस वर्ष एशियाका ज्योतिको रुपमा चिनिने शान्तिका दुत गौतम बुद्धको प्रतिमा, नव प्रतिभा खोजि अन्तर्गतः खुल्ला युगल जोडि नृत्य प्रतियोगिता, महोत्सवमा पहिलो पटक महिलाहरुको क्षमता अभिबृद्धिका लागिः महिला समुहहरु विच हाजिरी जवाफ प्रतियोगिता पनि आयोजना गरिने पराजुलीले वताईन ।

महोत्सवमा जातजातिको रितिरिवाज तथा सांस्कृतिक प्रदर्शनी, झाँकीर्याली प्रदर्शनी, महिला विशेष कार्यक्रम अन्तर्गत रत्यौली गित कार्यक्रम, शैक्षिक प्रदर्शनीहरु, विद्यालय स्तरीय कार्यक्रम, विद्यालय स्तरिय खुल्ला चित्रकला प्रतियोगिता, सुगम संगिततर्फ पप कन्सर्ट र लाइभ व्याण्ड, राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट लोकदोहोरी तथा स्टेज सो (हास्यव्यङ्ग्य) कार्यक्रम, बाल उद्यान, खाना महोत्सवलाई यस वर्ष पनि निरन्तरता दिईएकोे जानकारी दिए ।

महोत्सवको बचतवाट प्रदर्शनी स्थल र औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास लगायत विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने आयोजकले जानकारी दिएको छ ।कार्यक्रममा नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रामप्रसाद तिमिल्सीनाले महोत्सवको माध्यमबाट स्थानीय उत्पादनको प्रर्वद्धन र ब्राण्डिङ गरिनुपर्ने वताउँदै अहिलेको आर्थिक संकटको अवस्थामा महोत्सवको माध्यमबाट व्यवसायीहरुलाई उत्प्रेरीत गर्ने खालका कार्यक्रमहरु गर्न सके राम्रो हुने सुझाव व्यक्त गरेका थिए ।

पत्रकार सम्मेलनमा महोत्सवको मुख्य प्रायोजक रहेको राष्ट्रिय वाणिज्य बैंक गण्डकी प्रदेशका प्रमुख पुष्पचन्द्र थापाले संस्थाको सामाजीक उत्तरदायित्व सँगै स्थानिय मेला महोत्सवको प्रर्वद्धन गरि यस क्षेत्रको समग्र विकासमा टेवा पुर्याउने उद्धेश्यले सहकार्य गरिएको वताएका थिए ।
संघका बरिष्ठ उपाध्यक्ष एवंम महोत्सवका सह–संयोजक राजेन्द्र ओझाले लेखनाथ महोत्सवलाई स्थानीयले चाड पर्वको रुपमा लिंदै आएको र उत्पादक र उपभोक्ताहरुलाई एकै ठाँउमा भेला गरी आर्थिक चलायमान गराउन महत्वपुर्ण भुमिका खेलेको दावी गरेका थिए । संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उप–महासचिव भरत ओझाले गरेका थिए भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले गरेका थिए ।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संवृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको लेखनाथ महोत्सव २०८१ का कार्यक्रमहरुलाई व्यवस्थित रुपमा संचालन गर्नका लागि ९ सदस्यीय निर्देशक समिति, ३९ सदस्यीय सल्लाहकार समिति, ११७ सदस्यीय कार्यसम्पादन समिति एवं ४७ वटा उपसमिति गठन गरिएको छ ।

३३६ स्टल रहने महोत्सवमा अटो प्रदर्शनी स्टल ६, शैक्षिक÷ग्रामिण प्रविधि प्रदर्शनी १२, कृषि प्रदर्शनी ३६, किचन सामाग्री २५, मेशनरी १०, हस्तकला प्रदर्शनी १६, गार्मेन्ट तथा रेडिमेट १०८, जनरल २६, फुड एण्ड बेभरेज प्रदर्शनी १६, डेरी प्रदर्शनी ९, नेपाली उत्पादन प्रदर्शनी २२, खाना महोत्सव १७, बैंक तथा वित्तिय संघसंस्था तथा प्रायोजक अन्तर्गत ३३ स्टल रहने छन् । संघका सदस्यहरुलाई विशेष प्राथमिकतामा राखी स्टल बुकिङ सोमबार देखि नै खुल्ला गरिएको छ भने अन्य व्यवसायीहरुका लागि मंसिर २४ गते देखि बुकिङ खुल्ला गरिने र सदस्य स्वयंले स्टल राखेमा २० प्रतिशत छुट र सामान ढुवानीका लागि थप दुई हजार रूपैयाँ उपलव्ध गराइने आयोजकले जनाएको छ ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवको सह–आयोजकमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश रहेका छन भने प्रवद्र्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेका छन ।

Previous Post

तेह्रौं संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजकमा बेटर

Next Post

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सन्तोषजनकः मन्त्री पाण्डे

Next Post

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सन्तोषजनकः मन्त्री पाण्डे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन