पोखरा ।
सुदूरपश्चिम प्रदेश सरकारले पुस २९ गते सार्वजनिक बिदा दिएको छ । थारु समुदायको माघी पर्वको अघिल्लो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । पुस अन्तिम दिन थारु समुदायमा बंगुर (जिता) मारेर सामूहिक रुपमा पर्व मनाउने प्रचलन रहेको छ । उक्त अवसरमा माघ १ गते भने संघीय सरकारले राष्ट्रिय पर्वको रुपमा सार्वजनिक बिदा दिँदै आएको छ ।




