पोखरा ।नेपाल रेडक्रस सोसाईटी उपशाखा १७ को साधारण सभा माघ ५ गते हुने भएको छ । गत मंसिर २९ गते बसेको बैठकले ११ औं वार्षिक साधारण सभा उपशाखा १७ को सभाहल छोरेपाटनमा हुने सभापति हरिप्रसाद श्रेष्ठले जानकारी दिएका छन् । नेपाल रेडक्रस सोसाईटी उपशाखा १७ ले साधारण, विशिष्ट र यशस्कर सदस्यलाई सभामा सहभागिता जनाउन आग्रह गरेको छ ।





