• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखराको कोन सामुदायिक सहकारीको अध्यक्षमा सिग्देल निर्वाचित

नीतिप्रेस by नीतिप्रेस
January 15, 2025
in अर्थ/वाणिज्य, गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं १३ स्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा माधवप्रसाद सिग्देल निर्वाचित भएका छन् । सहकारीको २६औँ साधारणसभा तथा नवौँ अधिवेशनले सिग्देललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

यस्तै संस्थाको उपाध्यक्षमा शान्तकुमार श्रेष्ठ, सचिवमा सुरेन्द्रप्रसाद सिग्देल, कोषाध्यक्षमा जयप्रसाद सापकोटा र सहसचिवमा केदारराज सिग्देल छन् ।

यस्तै सञ्चालक सदस्यमा बजिरमान श्रेष्ठ, शारदा पराजुली, खड्कबहादुर गुरुङ र अम्बिका गुरुङ छन् ।

यसैगरी लेखा सुपरीवेक्षण समितिमा ज्ञानेन्द्रप्रसाद सिग्देल संयोजक, सदस्यमा इन्द्रप्रसाद भट्टराई र लक्ष्मी गुरुङ चयन भएको निर्वाचन समिति संयोजक तथा निर्वाचन अधिकृत दयाराम गौतमले जानकारी दिए ।

यसअघि कार्यक्रम उद्घाटन गर्दै सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशका रजिष्ट्रार भेषराज रिजालले नियम र कानूनको पालना गरे कुनै पनि सहकारी कमजोर नहुने बताए ।

सहकारीका मानार्थ संरक्षक शरदकान्त सिग्देलले सहकारीमार्फत सहकार्य र एकतामा जोड दिँदै २५ वर्ष लामो इतिहासलाई जोगाउन सक्नुपर्ने बताए ।

साथै शेयर सदस्यका तर्फबाट किरण केसी र सत्यदेवी खनालले बोलेका थिए ।

कार्यक्रममा उत्कृष्ट शेयर सदस्य तारामती गुरुङ, विमला गुरुङका साथै सहकारीमा १५ वर्ष बढी सेवा गरेका सुपरभाइजर रुपा गुरुङ र वरिष्ठ सहायक मनबहादुर गुरुङलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष तीर्थबहादुर बस्नेतले अध्यक्षतामा भएको कार्यक्रममा सचिव शान्तकुमार श्रेष्ठ, कोषाध्यक्ष जयप्रसाद सापकोटा र लेखा सुपरीवेक्षण समितिका ज्ञानेन्द्रप्रसाद सिग्देलले आआफ्ना प्रतिवेदन पेस गरेका थिए ।

कार्यक्रममा उपाध्यक्ष माधवप्रसाद सिग्देलले स्वागत र शारदा पराजुलीले सहकारी सिद्धान्त वाचन गरेकी थिइन् ।

सहकारीको मंसिर मशान्तसम्ममा १८ करोड ९४ लाख १७ हजार सात सय रुपैयाँ कुल पुँजी छ ।

यस्तै तरलता ३१ प्रतिशत रहेको सहकारीका महाप्रबन्धक सुजता हमालले जानकारी दिइन् । सहकारीका सेयर सदस्य तीन हजार सात सय ९८ जना छन् ।

Previous Post

बेलारुसको राष्ट्रपतिमा पाँच जना भिड्दै

Next Post

आज बढ्यो सुनचाँदीको भाउ, पोखरामा कतिमा हुँदैछ कारोबार ?

Next Post

आज बढ्यो सुनचाँदीको भाउ, पोखरामा कतिमा हुँदैछ कारोबार ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन