पोखरा । पोखराबाट प्रकाशित ज्योतिष भविष्यवाणी साप्ताहिकका प्रधान सम्पादक एवं अग्रज पत्रकार प्राडा बलराम उपाध्याय रेग्मीलाई मातृशोक परेको छ ।
उनकी ममतामयी माता मनीकला उपाध्याय रेग्मीको ९३ वर्षको उमेरमा निधन भएको हो ।
उच्च रक्तचापका कारण पुस २६ गते राति २ः४५ बजे पर्वत, खुर्कोट-४ स्थित आफ्नै निवासमा उनको निधन भएको हो ।
मनीकलाका ६ छोराहरु ऋषिराम, यदुनाथ, मेघराज, प्राडा बलराम, केशवप्रसाद र विनोद उपाध्याय रेग्मी छन् ।
साथै उनका दुई छोरी, सात बुहारी, १० नातिनी बुहारी, १८ नाति, आठ नातिनी, आठ पनाति र छ पनातिनी छन् ।
मनीकलाको निधनप्रति विभिन्न संघसंस्था तथा सामाजिक व्यक्तित्वले दु:ख व्यक्त गरेका छन् ।






