पोखरा । नेपाली बजारमा आज बिहीबार पनि सुनको मूल्य तोलामा एक हजार दुई सय रुपैयाँ बढेको छ ।
मूल्य बढेसँगै आज सुनको भाउ एक लाख ५६ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन बुधबार प्रतितोला एक लाख ५५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
आज पोखरा बजारमा भने एक लाख ५७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीले जनाएको छ ।
यस्तै आज असली चाँदीको मूल्य पनि ५० रुपैयाँ बढेको छ । मूल्य बढेसँगै आज चाँदीको भाउ एक हजार आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदी एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भएको थियो । आज पोखरा बजारमा चाँदीको भाउ एक हजार नौ सय १० रुपैयाँँ कायम भएको छ ।






