पोखरा । स्याङ्जाको हरिनाश गाउँपालिका वडा नं ४ कुलुङखोलामा आगलागी भएको छ ।
आगलागीबाट हेमबहादुर भुजेलको काठले बनाएको खरको छानो भएको एक तले कच्ची गोठ र गोठ नजिकै रहेको परालको टौवा जलेर सखाप भएको छ ।
आज साँझ करिब ५ बजे भएको सो आगलागीबाट करिब ६० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट मानवीय र पशुचौपाय भने क्षति नभएको बताइन्छ । कुँडो पकाउने अँगेनाबाट आगो सल्किएको प्रहरीले जनाएको छ ।






