• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

स्याङ्जामा टिप्पर दुर्घटनाः एकको मृत्यु, घाइतेको पोखरामा उपचार जारी

नीतिप्रेस by नीतिप्रेस
January 18, 2025
in गण्डकी प्रदेश, घटना, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । स्याङ्जामा गएराति टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिका वडा नं १४ का ३७ वर्षीय चन्द्रबहादुर नेपाली छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार गएराति करिब ११ बजे आँधीखोला गाउँपालिका वडा नं.५ कृषिस्थित कृषि–ओहिया भित्री कच्ची सडकखण्डमा ग१क ५१३९ नम्बरको आरम्भ निर्माण सेवाको टिपर दुर्घटनामा परेको हो ।

टिपर सडकदेखि करिब ५० मिटर तल खसेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका नेपालीलाई थप उपचारका लागि पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो । उनको उपचारकै क्रममा राति १ बजे मृत्यु भएको हो ।

सोही दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । घाइते हुनेमा सल्यान शारदा नगरपालिका वडा नं. ७ का १५ वर्षीय हरि परियार, स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं.२ ओहियाका ३३ वर्षीय कमल नेपाली, चितवनको राप्ती नगरपालिका वडा नं.६ भण्डाराका ४१ वर्षीय प्रकाश विक र ४१ वर्षीया कमला विक छन् । उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचार भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।

दुर्घटनाको कारण खुल्न नसकेको र घटनास्थलमा प्रहरी टोली खटिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Previous Post

पोखरामा तापक्रम बढ्दै, आज देशभरको मौसम कस्तो रहला ?

Next Post

पोखरा महोत्सवमा आज भिटेन आउने

Next Post

पोखरा महोत्सवमा आज भिटेन आउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन