• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखराकाे डेभिडफल्स १४ दिनपछि सञ्चालन

नीतिप्रेस by नीतिप्रेस
January 27, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं १७ छोरेपाटनस्थित डेभिडफल्स सञ्चालनमा आएको छ । पोखरा महानगरपालिकाले स्वामित्वमा लिएपछि आजदेखि डेभिडफल्स सञ्चालनमा आएको हो ।

माघ १ गते महानगरले डेभिडफल्सको स्वामित्वमा हस्तक्षेप गरेपछि स्थानीयवासीले अवरोध गरेका थिए । त्यसपछि डेभिडफल्स बन्द रहँदै आएको थियो ।

डेभिडफल्सलाई पोखराको प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ । डेभिडफल्सको स्वामित्व यसअघि छोरेपाटन उच्च माविले लिँदै आएको थियो । त्यसको आम्दानीबाट विद्यालय सञ्चालन हुँदै आएको थियो ।

पोखरा महनागरपालिकाका प्रमुख धनराज आचार्यले डेविडफल्सको व्यवस्थापन र सञ्चालनका क्रममा देखिएका असमझदारी र भ्रमलाई टेबुल वार्तामार्फत समाधान गर्न सफल भएसँगै सञ्चालनमा आएको बताए ।

पोखरा । हिजो (आइतबार) र आज (सोमबार) को सर्वपक्षीय सहमतिपछि डेविडफल्स पुनः सञ्चालनमा आएको बताए ।

उनले भने, ‘पोखरा महानगरपालिकाको नेतृत्वमा स्थानीय प्रशासन, राजनीतिक दल, सुरक्षा निकाय, विद्यालय, र समुदायको सामूहिक प्रयासले आज ताला खुल्ने ऐतिहासिक अवसरलाई सम्भव बनाएको छ, पोखराको पर्यटनलाई निरन्तर प्रोत्साहन गर्न र यो गन्तव्यलाई व्यवस्थित रूपमा सञ्चालन गर्न अबका दिनमा पनि सहकार्य र समझदारीलाई प्राथमिकता दिने प्रतिज्ञा गर्दछौँ ।’

आइतबार पोखरा महानगरपालिकाको आह्वानमा बसेको सर्वपक्षीय बैठकले डेविडफल्समा भइरहेको अवरोध हटाई तत्काल नियमित सञ्चालन गर्ने निर्णय गरेको थियो ।

बैठकले डेविडफल्स महानगरपालिका आँफैले कानून बमोजिम पर्यटन शुल्क उठाई सञ्चालन गर्ने, पर्यटकका लागि खुला गर्ने र महालेखा परीक्षकको कार्यालयले औँल्याएको बेरुजु फछ्यौटका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

छोरेपाटन माविले डेभिडफल्सको पर्यटन शुल्क उठाइरहेको विषय नेपालका प्रचलित कानून, पोखरा महानगरपालिका आर्थिक ऐनको प्रावधान विपरीत रहेको महानगरपालिकाले जिकिर गर्दै आएको थियो ।

महालेखाको प्रतिवेदनले समेत डेभिडफल्सबाट पर्यटन शुल्क उठाई सोबापत प्राप्त आम्दानी छोरेपाटन माविले भोग गरिरहेको नियम विपरीत भनी स्पष्ट किटान गरी असुल उपर गर्नुपर्ने बेरुजुको रूपमा कायम गरेको थियो ।

बैठकले डेभिडफल्समा लगाएको ताला खोलेर महानगर आफैले कानून बमोजिम पर्यटन शुल्क उठाइ डेभिडफल्स सञ्चालन गर्ने, पर्यटकको लागि खुला गर्ने र महालेखाले औँल्याएको बेरुजु फछ्यौटका लागि कानून बमोजिम प्रक्रिया अगाडि बढाउने निर्णयसमेत गरेको थियो ।

महानगरपालिकाले डेभिडफल्स सञ्चालनको जिम्मेवारी २०७८ साउन १४ गते सम्झौता गरी सेती क्यानोन प्रालिलाई दिएको छ ।

सेती क्यानोन त्यहाँ शिशापुल तथा अन्य पर्यटन पूर्वाधार निर्माण गर्नेछ । सार्वजनिक निजी साँझेदारी अवधारणामा परियोजना अघि बढिरहेको महानगरपालिकाले जनाएको छ ।

Previous Post

आज पनि घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

Next Post

पोखराको हिलप्वाइन्ट माविका आठ सय विद्यार्थीको दाँत परीक्षण

Next Post

पोखराको हिलप्वाइन्ट माविका आठ सय विद्यार्थीको दाँत परीक्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन