• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमूना मतदान

नीतिप्रेस by नीतिप्रेस
February 25, 2025
in गण्डकी प्रदेश, शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा आगामी ५ चैतमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने कार्यतालिका छ । विभिन्न विद्यार्थी संगठन र स्वतन्त्र ढंगले विद्यार्थीहरू आन्तरिक तयारीमा जुटेका छन् ।

नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियुले पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको तयारी स्वरूप विद्यार्थीलाई मतदान अभ्यास गराएको छ ।

मंगलबार क्याम्पस गेटमा अनेरास्ववियु व्यवस्थापन संकाय कमिटी पृथ्वीनारायण क्याम्पसले स्ववियु नमूना मतदान कार्यक्रम गरेको हो ।

बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म प्रत्यक्ष र समानुपातिकतर्फको स्ववियु मतदान तरिकाबारे जानकारी गराइएको थियो ।

क्याम्पसमा अध्ययनरत करिब एक हजार तीन सय जना विद्यार्थी नमुना मतदानमा सहभागी भएको आयोजक अनेरास्ववियु व्यवस्थापन संकाय अध्यक्ष कुशल रेग्मीले जानकारी दिए ।

२०७३, २०७९ सालमा हुन नसकेको स्ववियु यसपटक जसरी पनि हुनुपर्ने पक्षमा आफूहरू रहेको अनेरास्ववियु क्याम्पस कमिटी संयोजक विराट दुवाडीले बताए ।

स्ववियु गराउनुपर्छ भन्ने दबाब दिन र विद्यार्थीलाई मतदान प्रक्रियाबारे जानकारी गराउन नमुना मतदान कार्यक्रम गरिएको संयोजक दुवाडीले बताए ।

‘कति विद्यार्थीलाई स्ववियु के हो भन्ने थाहा नहुन सक्छ, यसमा भाग किन लिने भन्ने थाहा हुँदैन । त्यही बुझाउन हामीले नमुना मतदान गरेका हौं,’ उनले भने ।

त्रिविअन्तर्गत देशकै ठूलो आङ्गिक क्याम्पस पृथ्वीनारायणमा २०६५ सालपछि स्ववियु निर्वाचन हुन सकेको छैन । स्ववियु विद्यार्थीको हकहितका लागि बोल्ने साझा संस्था भएको र यसको निर्वाचनमा कसैले पनि अवरोध गर्न नहुने संयोजक दुवाडीले बताए । कति विद्यार्थीले स्ववियु निर्वाचन गराउन दबाब दिन हस्ताक्षर अभियान चलाउन सुझाव पनि दिएको संयोजक दुवाडीले सुनाए ।

नमुना मतदानको निरीक्षणमा अनेरास्ववियु केन्द्रीय महासचिव नरेश रोकाया, स्थायी कमिटी सदस्य विजय पौडेल, केन्द्रीय सदस्य अनुप लामिछाने, विष्णु पोखरेल, विनय पराजुली, अनेरास्ववियु जिल्ला अध्यक्ष सन्तोष पोखरेललगायत पुगेका थिए ।

महासचिव रोकायाले पृथ्वीनारायण क्याम्पस आन्दोलनको उर्वर भूमि भएकाले त्यो विरासतलाई जोगाउनुपर्ने बताए । उनले पीएन क्याम्पसमा अनेरास्ववियुले हार्न नजानेको र अबको स्ववियु निर्वाचनमा पनि हार्ने छुट नभएको बताए । सोमबार पोखरा आएका रोकाया अनेरास्ववियुका कास्कीमा उपलब्ध विद्यार्थी नेताहरूसँग स्ववियु निर्वाचन केन्द्रीत भेलामा पनि सहभागी भएका थिए ।

अनेरास्ववियु केन्द्रीय सदस्य विष्णु पोखरेलले स्ववियु निर्वाचन हुने वातावरण बनाउनुपर्ने पक्षमा आफूहरू रहेको सुनाए । उनले स्ववियु निर्वाचन हुन नदिने गतिविधिमा संलग्न नहुन अन्य विद्यार्थी संगठन र क्याम्पसलाई आग्रह गरे । ‘१६ वर्षदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । कति प्रशासनिक काममा समस्या देखिएको छ ।

क्याम्पसको गरिमा घटेको छ । विद्यार्थी अभिभावकविहीन हुन परेको छ,’ उनले भने, ‘योपटक निर्वाचन गरिनुपर्छ भन्नेमा सबै सकारात्मक छौं ।’

स्ववियु निर्वाचनअन्तर्गत प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनका लागि तोकिएको छ । दुवैतर्फको उम्मेद्वारको अन्तिम नामावली २९ फागुनमा सार्वजनिक गरिने छ ।

५ चैतमा बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म मतदान हुने कार्यतालिका छ । पृथ्वीनारायण क्याम्पसमा करिब १२ हजार पाँच सय मतदाता रहने अनुमान छ । मतदाता नामावली प्रकाशन भएपछि यो संख्या यकीन हुनेछ ।

पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति भएकाहरू नेपाली राजनीतिमा स्थापित भएको विगत छ । त्यसैले पनि यो क्याम्पसमा स्ववियु सभापति हुन निकै प्रतिस्पर्धा हुने गरेको छ ।

पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति भएका कास्कीका सोमनाथ अधिकारी प्रदेश प्रमुख, खगराज अधिकारी संघ सरकारको मन्त्री र गण्डकीको मुख्यमन्त्री भइसकेका छन् ।

पर्वतका पदम गिरी संघ सरकारको मन्त्री भए । कास्कीका राजीव पहारी २०७४ सालको निर्वाचनमा गण्डकी प्रदेश सभा सदस्य निर्वाचित भए । अर्का सभापति कास्कीका धनराज आचार्य हाल पोखरा महानगरपालिकाको मेयर छन् ।

Previous Post

पूर्वाञ्चल सेवा समाज पोखराको रक्तदानमा ३३ युनिट रगत संकलन

Next Post

सडकमा गुडिरहेको भ्यान घरमै पुग्दा छ वर्षीय बालकको मृत्यु

Next Post

सडकमा गुडिरहेको भ्यान घरमै पुग्दा छ वर्षीय बालकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन