• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

गलकोट र शान्ता भलिबल च्याम्पियन

नीतिप्रेस by नीतिप्रेस
March 2, 2025
in खेलकुद समाचार, गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’को पुरुषतर्फ बागलुङको गलकोट नगरपालिकाले उपाधि जितेको छ । यता, महिलातर्फ शान्ता भलिबल ट्रेनिङ सेन्टर पोखरा च्याम्पियन बन्न सफल भयो ।

माछापुच्छ्रे-७ धम्पुसमा शनिबार सम्पन्न भएको फाइनल खेलमा अघिल्लो वर्ष उपविजेता बनेको गलकोटले तनहुँको शुक्ला गण्डकी नगरपालिकालाई ३-१ सेटमा हराउँदै च्याम्पियन बन्यो । गलकोटले २५-२०, २५-१२, १६-२५ र २५-२० ले खेल आफ्नो पक्षमा पारेको थियो ।

च्याम्पियन बनेको गलकोटले नगद दुई लाख रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । उपविजेता शुक्ला गण्डकीले एक लाख रूपैयाँ नगद , ट्रफी र मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । सेमिफाइनल पुगेका बागलुङको निसीखोला गाउँपालिका र नवलपुरको बौदीकाली गाउँपालिकाले ५० रुपैयाँ हजार नगदका दरले पुरस्कार पाए ।

पुरुषतर्फ गलकोटका रेशम छन्त्याल उत्कृष्ट खेलाडी घोषित भए । शुक्लागण्डकीका विष्णु क्षेत्री उत्कृष्ट स्पाइकर, अनिस कुमाल मिडल ब्लकर, क्रिस मल्ल ठकुरी उत्कृष्ट डिफेन्डर, गलकोटका मीन सुनार उत्कृष्ट सेटर, चिरन खड्का उत्कृष्ट सर्भर र सुरेन्द्र केसी उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । उनीहरूलाई पालिकाको लोगोअङ्कित खेलकुद पोशाक पुरस्कार प्रदान गरिएको थियो ।

महिलातर्फ उपाधि चुमेको शान्ता भलिबल ट्रेनिङ सेन्टरले नगद एक लाख रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो ।

त्यसैगरी बागलुङ नगरपालिका बागलुङ द्वितीय भई नगद ५० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । सेमिफाइनलनमा उपविजेता बनेका माछापुच्छ्रे गाउँपालिका ‘ए’ र ‘बी’ले २५-२५ हजार रुपैयाँ नगद प्राप्त गरे ।

यसैगरी प्रतियोगिताको महिलातर्फ शान्ता भलिबल ट्रेनिङ सेन्टरकी निरुता शाही उत्कृष्ट खेलाडी, बागलुङ नगरपालिकाकी सोडा थापा उत्कृष्ट स्पाइकर, सलिना गुरुङ उत्कृष्ट डिफेन्डर, शान्ता भलिबल ट्रेनिङ सेन्टरकी शोभा पाइजा मिडल ब्लकर, टेनिशा छन्त्याल उत्कृष्ट सेटर, रोस्मिना गुरुङ उत्कृष्ट सर्भर र दिनेश चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए ।

उपाधि विजेता टोली तथा विधागत उत्कृष्ट खेलाडीलाई गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्याललगायतले पुरस्कार वितरण गरेका थिए ।

माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा पयर्टकीय क्षेत्र धम्पुसमा यही फागुन १४ गतेदेखि तेस्रो संस्करणको माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता भएको हो । प्रतियोगितामा पुरुषतर्फ १६ र महिलातर्फ पाँच टोलीले प्रतिस्पर्धा गरेका थिए ।

Previous Post

पोखरा-६ का चार सय महिलालाई कानूनी सचेतना

Next Post

पोखराकाे नवीन माविमा अभिभावक भेला तथा पुरस्कार वितरण

Next Post

पोखराकाे नवीन माविमा अभिभावक भेला तथा पुरस्कार वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन