• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

‘प्रेस क्लब पत्रकारिता पुरस्कार’ बाट पत्रकार कृष्णमणि बराल पुरस्कृत

नीतिप्रेस by नीतिप्रेस
March 8, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखराका पत्रकार कृष्णमणि बराल पुरस्कृत भएका छन् । उनलाई प्रेस क्लब गण्डकीले बराललाई ‘प्रेस क्लब पत्रकारिता पुरस्कार’ प्रदान गरेको हो ।

सभामुख देवराज घिमिरेले बराललाई ५० हजार रुपैयाँ नगद, दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरे । बरालले पत्रकारितामार्फत पर्यापर्यटन, वातावरण संरक्षण र पोखरेली पत्रकारितामा उल्लेखनीय योगदान पुर्‍याउनुभएको भन्दै पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा सभामुख घिमिरेले जनताको मौलिक अधिकार खोस्ने गरी संसद्ले कानुन नबनाउने बताए । उनले लामो समयको सङ्घर्षको जगमा लोकतन्त्र ल्याइएको भन्दै जनताको हित विपरीत कानुन संसद्ले नबनाउने स्पष्ट पारे । लोकतान्त्रिक प्रणालीमा प्रेस स्वतन्त्रतालाई अङ्कुश लगाउने गरी कानुन नबन्ने सभामुख घिमिरेले उल्लेख गरे ।

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी संसद्ले कुनै कानुन नबनाउने उनले बताए । उनले भने, “कानुनको अभावमा धेरै बेथिति बढेका छन्, बेथितिलाई नियन्त्रण गर्न कानुन बनाउने हो, जनताको मौलिक अधिकार खोस्ने गरी कानुन बनाउन सम्भव छैन ।”

गलत कुराहरूको प्रचार रोक्नका लागि कानुन आवश्यक भएको भन्दै उनले सामाजिक सञ्जालमा देखिएको विकृति, विसङ्गतिलाई नियन्त्रण र नियमन गर्न आवश्यक रहेकामा जोड दिए । त्यस्ता विकृतिलाई नियन्त्रण गर्न कानुन बनाउँदा व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताको हनन नहुने उनले स्पष्ट पारे ।

पत्रकारिता क्षेत्रको काम समाचार लेख्ने र सम्प्रेषण गर्ने मात्र नभई हाम्रा प्राप्त उपलब्धिको रक्षा गर्ने, समाजका गतिविध सम्प्रषण गर्ने जिम्मेवारी पनि भएको सभामुख घिमिरेको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले लोकतन्त्र विरोधी गतिविधि बढिरहेको बताउँदै स्वतन्त्रताका नाममा छाडातन्त्र चलिरहेकोप्रति सबै गम्भीर बन्नुपर्नेमा जोड दिए ।

प्रतिनिधिसभाका सांसद दामोदार वैरागीले सामाजिक सञ्जाल प्रयोग तथा नियमन गर्ने सम्बन्धमा बनेको विधेयक अभिव्यक्ति स्वतन्त्रता विरोधी नभएको धारणा राखे । उनले बढ्दै गएको विकृति, विसङ्गतिलाई नियन्त्रण र नियमन गर्न उक्त विधेयक आवश्यक पर्ने धारणा राखे ।

कार्यक्रम प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीको सभापतित्वमा भएको थियो ।

Previous Post

कोटीहोम गरेरै छाड्छौँ : विश्व हिन्दू महासंघ

Next Post

कानून विपरीत कार्य गर्ने कसैले पनि छुट पाउँदैन : एसपी ओलिया

Next Post

कानून विपरीत कार्य गर्ने कसैले पनि छुट पाउँदैन : एसपी ओलिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन