• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सरकार थप १२ वटा अध्यादेश ल्याउने तयारीमा छ : मन्त्री गुरुङ

नीतिप्रेस by नीतिप्रेस
March 9, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुव्बा गुरुङले सेवा प्रवाहलाई छिटो छरितो बनाउन कतिपय कानुन समस्याका रुपमा रहेकाले ती समस्या निराकरणका लागि थप १२ वटा अध्यादेश ल्याउने तयारीमा सरकार रहेको बताएका छन् ।

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन पोखरामा उद्घाटन गर्दै मन्त्री गुरूङले यस्तो बताएका हुन् ।

सुशासन प्रवर्द्धन र सावर्जनिक सेवा प्रवाहको प्रभावकारिताकै लागि सरकारले अध्यादेशमार्फत छ वटा कानुन ल्याएको उनले स्पष्ट पारे । भूमिसम्बन्धी अध्यादेश छलफलकै क्रममा रहेको उनको भनाइ छ ।

कतिपय काममा एकअर्का मन्त्रालय बीच नै समस्या रहने गरेको भन्दै उनले सम्बन्धित मन्त्रालयबीच समन्वय हुनु आवश्यक रहेको बताए ।

दुई सय ४० वर्षदेखिको सामन्तवादलाई अन्त्य गर्दै लोकतान्त्रिक शासन व्यवस्थामा प्रवेश गरेको भन्दै उनले वर्तमानमा राजकीय सत्ता एवं सार्वभौमसत्ता जनतामा नै निहीत रहेको स्पष्ट पारे । हालको राजनीतिक प्रणालीलाई थप सुधार गर्दै अघि बढ्नु आवश्यक भएको उनको भनाइ थियो ।

साथै उनले लायन्सका माध्यमबाट सामाजिक सेवाका क्षेत्रमा भएका कामको प्रशंसा गर्दै नेतृत्व विकासमा पनि यसले महत्वपूर्ण भूमिका खेलेको बताए ।

सामाजिक नेतृत्वबाटै राजनीतिक नेतृत्व बन्न सक्ने भन्दै उनले सामाजिक क्षेत्र बलियो नबन्दासम्म लोकतन्त्र तथा राज्य बलियो बन्न नसक्ने धारणा व्यक्त गरे ।

लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ आइ नेपालका डिष्ट्रिक्ट गभर्नर विनोद ढुङ्गानाले डिष्ट्रिक्टअन्तर्गतका लायन्स क्लबले सामाजिक एवं मानवीय सेवाका क्षेत्रमा देखाएको क्रियाशीलता प्रशंसनीय भएको बताए ।

डिष्ट्रिक्ट गभर्नर विनोद ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अन्तर्राष्ट्रिय डाईरेक्टर सञ्जय खेतान, एलसिआईएफ एरिया लिडर राजन लम्साल, डिष्ट्रिक्ट ३२५ आई नेपालका निवर्तमान डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन मनबहादुर रोका, प्रथम र द्वितीय भाइस गभर्नरद्वय पार्वती खरेल पाण्डे, सूर्यकुमार केसीलगायतले बोलेका थिए ।

महाधिवेशनको उद्घाटन सत्रमा क्याविनेट सेक्रेटरी अमृत प्रसाद तिवारीको सचिवको प्रतिबेदन र ट्रेजरर पवित्रराज तिवारीको कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको थियो ।

महाधिवेशनको कन्भेनरमा लायन्स क्लब अफ पोखरा ग्लोबल लेकसिटीका संस्थापक अध्यक्ष हरिराज पन्त रहेका थिए । उक्त अवसरमा लायन्सका गतिविधिमा महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

Previous Post

कानून विपरीत कार्य गर्ने कसैले पनि छुट पाउँदैन : एसपी ओलिया

Next Post

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको गभर्नरमा पाण्डे निर्वाचित

Next Post

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको गभर्नरमा पाण्डे निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन