पोखरा । तनहुँमा च्याउ खाँदा बिरामी परेकामध्ये एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका वडा नं ६ का ६० वर्षीय नारायण मगर छन् ।
उनको पोखरास्थित गण्डकी मेडिकल कजेलमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
साथै गम्भीर बिरामी परेका ४ बर्षीय बालक सुमित पुलामीलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी छ ।
नारायण र सुमितलाई थप उपचारका लागि शनिबार राति पोखरा ल्याइएको थियो ।
तनहुँको म्याग्दे गाउँपालिका वडा नं ६ सर्वलाङका नारायण मगरको बारीमा उम्रिएको जंगली च्याउ टिपेर खाँदा १० जना बिरामी भएका थिए । बाँकी बिरामीको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।






