पोखरा । सरकारले चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
चैत २४ गते चैते दशैँको रामनवमी पर्व तथा विश्व स्वास्थ्य दिवस पनि सोही दिन परेको छ ।





