• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

मन्जली तामाङकाे ‘गरिबलाई कानून’ सार्वजनिक [भिडियाेसहित]

नीतिप्रेस by नीतिप्रेस
March 31, 2025
in मनाेरञ्जन, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाेखरा। लेडी र्‍यापर मन्जली तामाङले आफ्नो नयाँ र्‍याप गीत ‘गरिबलाई कानून’ सार्वजनिक गरेकी छन् ।

सामाजिक न्याय, कानूनी विभेद र गरिबीको वास्तविकता उजागर गर्ने उद्देश्यले तयार पारिएको यो गीतले दर्शक र श्रोताको मन जित्न सफल भएको छ ।

गीतलाई मन्जली तामाङ-लेडी र्‍यापर अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । रिलिज भएलगत्तै गीतले सामाजिक सञ्जालमा ट्रेन्ड गर्न थालेको छ । श्रोताले गीतको सशक्त शब्द, दमदार  र्‍यप र प्रभावशाली म्युजिक भिडियोलाई प्रशंसा गरिरहेका छन्।

गीतको शब्द र संगीत पत्रकार विवेक लोप्चनले तयार पारेका हुन् । नेपाली सामाजिक यथार्थलाई कलात्मक रूपमा प्रस्तुत गर्न खप्पिस लोप्चनले यस गीतमार्फत कानूनी अन्याय र गरिबीले भोग्नुपरेका पीडालाई दर्शाउन खोजेका छन् ।

गीतमा सुस्मिता स्याङतान र कोशिस थोकरको सशक्त गायन रहेको छ । त्यस्तै मन्जली तामाङ (लेडी र्‍यfपर), निमा लामा, र निमा लामा (र्‍यfप स्टार) ले र्याप सेग्मेन्टमा आफ्नो उत्कृष्ट प्रस्तुति दिएका छन् । उनीहरूको दमदार र्‍याप डेलिभरीले गीतलाई झनै प्रभावशाली बनाएको छ।

गीतको एरेन्ज तथा मिक्सिङ जीवन बडुले गरेका छन्, जसले गीतलाई उत्कृष्ट ध्वनि संयोजन दिएका छन्। गीतको भिडियोलाई अमिर दोङ्गले निर्देशन तथा सम्पादन गरेका छन् भने छायाङ्कन त्रिलोक लामाले गरेका छन्। भिडियोले गीतको भावनालाई अझै गहिरो रूपमा दर्शाउने प्रयास गरेको छ ।

भिडियोमा हास्य कलाकार कुइसाङ्ग रुम्बा, मांगले तामाङ, मिलन तामाङ, राजु मगर, बि टु भाइ, दिपेश एस के, र अरुणको दमदार अभिनय देख्न सकिन्छ। उनीहरूको भूमिकाले भिडियोमा यथार्थपरक प्रभाव पार्न सफल भएको छ ।

सार्वजनिक भएसँगै गीतले युट्युबमा उच्च प्रतिक्रिया पाइरहेको छ। पहिलो दिनमै हजारौं भ्यूज, लाइक्स, र सकारात्मक कमेन्टहरू बटुल्दै, गीतले चर्चा पाएको छ । श्रोताले गीतको लय, शब्द, र भिडियोको उच्च गुणस्तरलाई खुलेर प्रशंसा गरिरहेका छन्।

गीतमा उठाइएको सामाजिक विषयवस्तु गम्भीर भएको हुँदा, धेरै दर्शकले यसलाई नेपाली कानूनी प्रणालीको यथार्थ प्रतिबिम्ब भनेका छन् । गीत सार्वजनिक भएसँगै लेडी र्‍यापर मन्जली तामाङले सामाजिक सञ्जालमार्फत आफ्ना दर्शक तथा श्रोतालाई धन्यवाद दिएकी छन्।

उनले लेखेकी छन्, “यो गीत केवल मनोरञ्जनका लागि मात्र होइन, समाजमा परिवर्तन ल्याउने एउटा अभियान पनि हो, हामी सबैको आवाज बुलन्द पार्नुपर्छ।”

उनका सहकलाकारले पनि यो गीतले नेपाली हिप-हपलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने लक्ष्य राखेको बताएका छन्।

भिडियो

Previous Post

पोखरामा अर्गानिक फुड बैंक सञ्चालन

Next Post

शुभकामना महिला विकास केन्द्रको रक्तदान कार्यक्रम, गणेश छवि सम्मानित

Next Post

शुभकामना महिला विकास केन्द्रको रक्तदान कार्यक्रम, गणेश छवि सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन