• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

भारतीय लक्जरी अफेयर्सको टोली पोखरामा

नीतिप्रेस by नीतिप्रेस
May 3, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । विलासिता, फेसन, जीवनशैली, मनोरञ्जन र कर्पोरेट क्षेत्रमा प्रभावशाली पहिचान बनाएका भारतीय लक्जरी अफेयर्सको टोलीलाई पोखरामा स्वागत गरिएको छ ।

नेपाललाई एक महत्वपूर्ण विलासी यात्रा गन्तव्यको रूपमा प्रस्तुत गर्ने उद्देश्यका साथ विलासिता, जीवनशैली र व्यवसायका क्षेत्रमा भारतमा अग्रणी स्थान बनाएका व्यक्तित्व सम्मिलित २१ सदस्यीय प्रतिनिधिमण्डललाई नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको नेतृत्वमा पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्द्वारा स्वागत गरिएकाे हाे ।

उनीहरूलाई शुक्रबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चकन्या तथा नौमती बाजाबाट स्वागत गरिएको थियो ।

स्वागतपश्चात् लेकसाइडको होटेल टेम्पल बेल बुटिकमा आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले भ्रमण टोलीलाई पोखरासहित समग्र गण्डकी प्रदेशको पर्यटकीय चिनारीबारे जानकारी गराए ।

पोखरा प्रकृति, संस्कृति र साहसिक पर्यटनको गन्तव्य भएको भन्दै उनले यहाँको पर्यटकीय सौन्दर्यता एवं गतिविधिलाई भारतीय पर्यटकले रुचाउने गरेको बताए ।

पोखरा र आसपासका गन्तव्यमा उच्च गुणस्तरका सेवा सुविधा युक्त होटेल रेष्टुरेन्ट रहेको र पछिल्ला समयमा उच्च गुणस्तरीय सेवा प्रदायक बृद्धि भएको उनले बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरू पनि सञ्चालन हुन थालेको उनले जानकारी दिए ।

पोखरा महामनगरपालिकाका प्रवक्ता मोतीराज तिमल्सिनाले पोखरा भ्रमण वर्ष २०२५ को घोषणासँगै यहाँ पर्यटन सम्बद्ध संघसंस्थाबाट विभिन्न प्याकेज घोषणा गरिएको जानकारी दिए ।

पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले पोखरा प्राकृतिक, सांस्कृतिक एवं साहसिक पर्यटनको गन्तव्य रहेको भन्दै पोखरा भ्रमण वर्षलाई सफल बनाउन भारतीय पर्यटकको महत्वपूर्ण भूमिका हुने स्पष्ट पारे ,

नेपाल भ्रमणमा रहेका भारतीय टोली हिमाल पारीको जिल्ला मुस्ताङसम्म पुग्ने कार्यक्रम रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।

उनले भारतबाट विलासिता, फेसन, जीवनशैली, मनोरञ्जन र कर्पोरेट नेतृत्वका क्षेत्रमा अग्रणी व्यक्तिहरूको भ्रमणले पोखरा हित समग्र गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

भारतीय प्रतिनिधिमण्डलका सदस्य उपौल मजुम्द्रले पोखरामा गरिएको न्यानो आतिथ्यताको प्रशंसा गरे । पर्यटन विज्ञ दीपेन्द्र पहारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Previous Post

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

Next Post

पोखरा रंगशाला सरसफाई

Next Post

पोखरा रंगशाला सरसफाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन