पोखरा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाला सुन तोलामा दुई हजार पाँच सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन प्रतितोला एक लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
आज पोखरामा सुनको भाउ प्रतितोला एक लाख ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यता, आज असली चाँदी मूल्य पनि घटेको छ । आज चाँदी पाँच रुपैयाँले घटेर प्रतितोला दुई हजार एक सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सोमबार चाँदी प्रतितोला दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
आज पोखरामा चाँदी दुई हजार एक सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।






