पोखरा । पहिरो खसेपछि मुग्लिङ–नारायणगढ सड्क खण्डमा दुईतर्फी नै अवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ तुइन खोलामा पहिरो खसेर दुईतर्फी सड्क अवरुद्ध भएको हो ।
आज दिउँसो करिब १२ बजे उक्त पहिरो खसेको र अहिले सडक पन्छाउने कार्य शुरु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम शुरु भएको पहिरो ठूलो भएकाले पन्छाउन दुई घण्टा बढी समय लाग्न सक्ने बताइन्छ ।






