पोखरा । नेपाली बजारमा आज सुनको मूल्य तोलामा चार सय रुपैयाँ घटेको छ ।
मूल्य घटेसँगै आज छापावाला सुनको भाउ प्रतितोला एक लाख ९५ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यसअघि बुधबार सुन प्रतितोला एक लाख ९५ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज पोखरा बजारमा सुनको भाउ प्रतितोला एक लाख ९६ हजार रुपैयाँ कायम भएको महासंघ कास्कीले जनाएको छ ।
यता, आज असली चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा २५ रुपैयाँले घटेर तोलाको दुई हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज पोखरामा चाँदीको भाउ दुई हजार दुई सय ३० रुपैयाँ कायम भएको छ ।






