पोखरा । नेपाली बजारमा आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढेको छ । मूल्य बढेसँगै आज छापावाला सुनको भाउ प्रतितोला एक लाख ९५ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
महासंघका अनुसार गत शुक्रबार सुनको भाउ प्रतितोला एक लाख ९४ हजार सात सय रुपैयाँ रहेको थियो ।
आज पोखरा बजारमा सुनको भाउ प्रतितोला एक लाख ९५ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
शुक्रबारको तुलनामा आज असली चाँदीको भाउ तोलामा १० रुपैयाँ वृद्धि भएको छ । मूल्य बढेसँगै आज चाँदीको भाउ प्रतितोला दुई हजार एक सय ६० रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार चाँदी प्रतितोला दुई हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
पोखरा बजारमा आज चाँदीको भाउ प्रतितोला दुई हजार एक सय ९० रुपैयाँ कायम भएको छ ।






