पोखरा । रुकुमपश्चिममा चट्याङ लागेर आइतबार एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका वडा नं १० बर्नेटीका ५० वर्षीया गणेशा ओली छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार घरभित्र रहेको मिटर बक्समा चट्याङ पर्दा गणेशा एक्कासि बेहोस भएकी थिइन् ।
उनलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक पुनले जानकारी दिए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






