पाेखरा । इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीले इजरायल र अमेरिकामाथि इरानले जित हासिल गरेको बताएका छन् ।
एक सातापछि सार्बजनिक रुपमा देखिएका खामेनीले एक भिडियो जारी गर्दै इजरायल र अमेरिकामाथि इरानले जित हासिल गरेको बताएका हुन् । उनले भनेका छन्- ‘म भ्रामक यहूदी शासनमाथिको विजयको लागि बधाई ज्ञापन गर्दछु ।’
सन्देशमा खामेनीले इरानले इजरायललाई व्यवहारिक रुपमा ढालेको र कुल्चिएको बताए ।
साथै खामेनीले इरानले अमेरिकी शासनमाथि विजयी हासिल गरेको दाबी गर्दै अमेरिकाले केही हासिल गर्न नसकेको उल्लेख गरे ।
उनले भनेका छन्, ‘हाम्रो प्यारो इरानले अमेरिकी शासनमाथि विजय हासिल गरेकोमा बधाई छ, अमेरिकी शासन सिधै युद्धमा प्रवेश गर्यो किनभने उसलाई लाग्यो, यदि त्यसो भएन भने, यहूदी शासन पूर्ण रूपमा नष्ट हुनेछ, त्यो शासनलाई बचाउने प्रयासमा यो युद्धमा प्रवेश गर्यो तर केही पनि हासिल गर्न सकेन ।’
खामेनीले इरानले अमेरिकाको गलामा ठूलो थप्पड हानेको बताउदै प्रमुख अमेरिकी अड्डामध्ये एक अल-उदेइद एयर बेसमा आक्रमण गरी क्षति पुर्याएको बताए । -एभरेष्ट न्यूज एजेन्सी






