• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

डेनमार्कमा प्याब्सनको शैक्षिक भ्रमण तथा नेतृत्व विकास सेमिनार

नीतिप्रेस by नीतिप्रेस
July 24, 2025
in Uncategorized
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को आयोजनामा डेनमार्कको कोपेनहेगनमा ‘शैक्षिक भ्रमण तथा नेतृत्व विकास सम्बन्धी सेमिनार’ शुरू भएको छ । सेमिनारको उद्घाटन डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले गरिन्।

कार्यक्रममा राजदूत तुलाधरले युरोपका उत्तरी मुलुकहरूले शिक्षा क्षेत्रमा गरेको प्रगतिशील अभ्यास नेपाली विद्यालयहरूका लागि समेत उपयोगी हुने बताउँदै प्याब्सनको यस्तो पहललाई प्रशंसनीय कदमको रूपमा व्याख्या गरिन्।

उनले भनिन्, “नेपाली विद्यालयहरूमा पछिल्लो समय उल्लेखनीय सुधार देखिएको छ, अब सामुदायिक विद्यालयहरूलाई समेत बलियो बनाउनु आवश्यक छ।”

प्याब्सन अध्यक्ष कृष्णप्रसाद अधिकारी नेतृत्वको टोलीमा नेपालभरिका ५४ जना विद्यालय सञ्चालक, प्रिन्सिपल र शिक्षक सहभागी छन्।

ग्लोबल हेल्प फाउन्डेसनको सहकार्यमा आयोजना गरिएको सेमिनारको उद्देश्य अन्तर्राष्ट्रिय शैक्षिक अभ्यासहरूसँग नेपाली शिक्षकमाँझ अनुभव आदानप्रदान गराउनु रहेको अध्यक्ष अधिकारीले बताए।

प्याब्सनका प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्ष डिके ढुङ्गानाका अनुसार टोलीले डेनमार्कपछि स्विडेन र फिनल्यान्डको भ्रमण गर्नेछ।

फिनल्यान्डमा त्यहाँको विद्यालय शिक्षा प्रणालीसम्बन्धी विशेष सेमिनार समेत आयोजना गरिनेछ। ढुङ्गानाले राज्यका सबै तह र निकायहरूले मिलेर काम नगरेसम्म शिक्षा प्रणालीमा समग्र सुधार सम्भव नभएको उल्लेख गर्दै निजी क्षेत्रको भूमिकालाई सम्मान गर्नुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा ग्लोबल हेल्प फाउन्डेसनका प्रतिनिधि सञ्जीव भट्टराई र प्रकाश खड्काले सहजीकरण गरेका थिए।

सेमिनार टोली जुलाई २२ मा काठमाडौँबाट प्रस्थान गरेको हो भने आगामी जुलाई ३१ मा पुनः स्वदेश फर्कने कार्यक्रम रहेको आयोजकले जानकारी दिएका छन्।

Previous Post

भारतको उत्तरप्रदेशमा भेटियो नक्कली दूतावास !

Next Post

ध्वनि प्रदुषण गर्ने सवारीलाई नियन्त्रण गर्ने डीएसपी भट्टराईको प्रतिवद्धता

Next Post

ध्वनि प्रदुषण गर्ने सवारीलाई नियन्त्रण गर्ने डीएसपी भट्टराईको प्रतिवद्धता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन