• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

ध्वनि प्रदुषण गर्ने सवारीलाई नियन्त्रण गर्ने डीएसपी भट्टराईको प्रतिवद्धता

नीतिप्रेस by नीतिप्रेस
July 24, 2025
in Uncategorized
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज भट्टराईलाई सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामले स्वागत गरेको छ । 

हालैमात्र बैदाम प्रहरीको नेतृत्व सम्हालेका डीएसपी भट्टराईलाई एक कार्यक्रमका बीच सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामले स्वागत गरेको हो ।

कार्यक्रममा डीएसपी भट्टराइले अनावश्यक ध्वनि प्रदुषण गर्ने सवारी साधनलाई नियन्त्रण गर्ने प्रतिवद्धता जनाए । स्वरुप परिवर्तन गरेका र ध्वनि प्रदुषण गर्ने मोटरसाइकललाई तत्काल कारवाही गर्न प्रहरी परिचालन गरिसकेको उनले स्पष्ट पारे ।

डीएसपी भट्टराईले शान्ति सुरक्षा सबैको सरोकारको विषय रहेको भन्दै पर्यटकीय क्षेत्र लेकसाइडमा मोटरसाइकलले ध्वनि प्रदुषण गरेको गुनासो सुनेपछि आफूले ध्वनि प्रदुषण गर्ने मोटरसाइकल नियन्त्रणका लागि प्रहरी खटाइसकेको बताए । 

भट्टराईले पर्यटकीय नगरीलाई सभ्य र सुरक्षित बनाउन सबैको साथ लिएर अघि बढ्ने भन्दै प्रहरीले गर्नुपर्ने काम कर्तव्यमा रहेर शान्ति सुरक्षा कायम गर्न आफू लाग्ने प्रतिवद्धता जनाए । 

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामका अध्यक्ष ठाकुरप्रसाद बरालले बैदाममा हुने गरेका अवान्छित क्रियाकलापलाई रोक्न भट्टराईको ध्यानाकर्षण गराएका थिए । 

बरालले रात्रिकालीन व्यवसायका कारण होहल्ला हुने गरेका कारण स्थानी प्रभावित भएको बताए । उनले लेकसाइडको हल्लनचोकदेखि बाराहीघाट सम्म पार्किङको समस्या रहेको, फेवाताल किनारको फुटट्रेल  लागू पदार्थ दुव्र्यसनीको अखडा बनेकाले नियन्त्रण गर्नुपर्ने बताए । 

कार्यक्रममा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामका संस्थापक अध्यक्ष मङ्गल नेपाली, पूर्वअध्यक्ष लक्ष्मीनारायण श्रेष्ठ, पूर्वअध्यक्ष मीना भट्टराई लगायतले दण्डहीनता मौलाउँदा शान्तिसुरक्षा खलबलिने भएकाले प्रहरी सचेत हुनुपर्ने धारणा राखे । 

स्वागत कार्यक्रममा संस्थाका उपाध्यक्ष सोभियत परियार र महासचिव शान्ता तिमिल्सिना, समाजसेवी नवीन बराललगायतले लेकसाइड पर्यटकीय क्षेत्र भएकाले शान्ति सुरक्षामा ध्यान दिन आवश्यक रहेको बताए । उनीहरूले कास्कीका अन्य क्षेत्र भन्दा लेकसाइडलाई प्राथमिकतामा राखेर हेर्नुपर्ने धारणा राखे ।

Previous Post

डेनमार्कमा प्याब्सनको शैक्षिक भ्रमण तथा नेतृत्व विकास सेमिनार

Next Post

आज कस्तो होला देशभरको मौसम ?

Next Post

आज कस्तो होला देशभरको मौसम ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन