पोखरा । बारामा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ ।
मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नं ३ गङ्गापुरका ७ वर्षीय छोरा सञ्जीत साह छन् ।
घर नजिकैको छठघाटका लागि बनाइएको पोखरीमा डुबेर साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालक पोखरीमा डुबेको देखेपछि स्थानीयले तत्कालै उद्धार गरी अस्पताल लगेका थिए ।
बालकलाई उपचारका लागि कलैयास्थित आशिर्वाद अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक खेम नेपालले जानकारी दिए ।
घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






