• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सामाजिक सुरक्षाभत्ता वितरण शिविरबाट ५८२ लाभान्वित

नीतिप्रेस by नीतिप्रेस
September 27, 2025
in अर्थ/वाणिज्य, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खोटाङ । साकेला गाउँपालिकाले दसैँ, तिहार, नेपाल सम्वत् तथा छठपर्वको अवसर पारेर आयोजना गरेको सामाजिक सुरक्षाभत्ता वितरण शिविरमा ५८२ जना लाभग्राहीले सेवा लिएका छन् । 

ज्येष्ठ नागरिक तथा अशक्त र अपाङ्गता भएका लाभग्राहीको गाउँमै पुगेर सेवा दिने उद्देश्यले आयोजना गरिएको शिविरमा रु एक करोड एक लाख ६३ हजार बराबरको सामाजिक सुरक्षाभत्ता वितरण गरेको हो । 

गाउँपालिकाले प्रत्येक वडामा घुम्ती शिविर सञ्चालन गरेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको गाउँपालिकाको सामाजिक सुरक्षा शाखाका संयोजक डिएम चाम्लिङ राईले जानकारी दिए । गाउँपालिकाले चाडपर्वको पूर्वसन्ध्यामा गाउँमै शिविर आयोजना गरेर सामाजिक सुरक्षाभत्ता वितरण गरेपछि लाभग्राहीसमेत हर्षित भएका छन् ।

 साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका १७८ जनालाई रु ३८ लाख २१ हजार, वडा नं २ रतन्छाका १२३ जनालाई रु १८ लाख ५८ हजार, वडा नं ३ खिदिमाका ८८ जनालाई रु १३ लाख ३७ हजार वितरण गरिएको छ । यस्तै, साकेला गाउँपालिका–४ मात्तिमका ७९ जनालाई १२ लाख ५९ हजार र साकेला गाउँपालिका–५ मात्तिमविर्ताका ११४ जना लाभग्राहीलाई १८ लाख ८८ हजार वितरण गरिएको हो ।

कतिपयले बैंकको मानेभञ्ज्याङ शाखाबाट समेत सामाजिक सुरक्षा भत्ता बुझिरहेका छन् । गाउँपालिकाले नेपाल एसबिआई बैंकको साकेला शाखासँगको सहकार्यमा सामाजिक सुरक्षाभत्ता वितरण गरेको हो । 

शिविरस्थलमा उपस्थित भएर भत्ता बुझ्न नसक्ने लाभग्राहीले नेपाल एसबिआई बैंकको देशभरका जुनसुकै शाखाबाट पनि भत्ता लिन सक्ने गाउँपालिकाले जनाएको छ । बैंकिङ प्रणालीमार्फत त्रैमासिक रुपमा वितरण गर्नुपर्ने सामासकिज सरक्षाभत्तालाई गाउँपालिकाले पहिलादेखि नै वडा–वडा पुगेर वितरण गर्दै आएको छ । 

भौगोलिक विकटता र शारीरिक अशक्तताका कारण बैंकसम्म पुगेर भत्ता लिन शारीरिक कष्ट र दुःख हुने भएकाले घर पायकमा शिविर राखेर भत्ता वितरण गरिएको गाउँपालिका प्रमुख रविप्रकाश राईले बताए । दश स्थानीय तह रहेको जिल्लामा साकेला गाउँपालिकाले सबैभन्दा पहिले लाभग्राहीलाई बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरेको हो । 

कर्मचारीमार्फत वितरण गर्दा ठूलो मात्रामा आर्थिक अनियमितता भएको पाएपछि त्यसलाई रोक्न बैंकिङ प्रणाली लागू गरिएको गाउँपालिकाले जनाएको छ । जिल्लाको सबैभन्दा सानो स्थानीय तह (पाँचवटा वडा रहेको) यो गाउँपालिकामा मृत्यु भइसकेका व्यक्ति, अन्यत्र बसाइँ सरिसकेका, नक्कली लाभग्राही खडा गरेर, अर्कै वडाको व्यक्तिको नाम राखेर, एकै जनाको एकभन्दा बढी नाम देखाएर सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेको छानबिनका क्रममा फेला परेको थियो ।

Previous Post

बेलायती प्रधानमन्त्रीकाे प्रस्ताव : अवैध आप्रवासनलाई रोकाैँ

Next Post

व्यापारी भन्छन्ः ‘सडक अवरुद्ध भइरहे दशैँमा काठमाडौंमा मासुको माग पूरा गर्न सक्दैनौँ’

Next Post

व्यापारी भन्छन्ः ‘सडक अवरुद्ध भइरहे दशैँमा काठमाडौंमा मासुको माग पूरा गर्न सक्दैनौँ’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन