पोखरा, १५ कोलपाटन पोखराको १५, कोलपाटनस्थित रेन्बो एकेडेमिक होम्स माध्यमिक आवासीय विद्यालयले विसं २०८२ सालको माध्यमिक शिक्षा परीक्षामा अत्यन्तै गौरवमय नतिजा प्राप्त गरेको छ। यस वर्षको परीक्षामा विद्यालयबाट कूल १०५ जना परीक्षार्थीहरू सहभागी भएकोमा सबैजना सफलताका साथ उत्तीर्ण भएका छन्।
नतिजा अनुसार विद्यालयका ३४ जना विद्यार्थीले ३.६ देखि ४.० सम्मको स्तरीकृत अङ्क प्राप्त गरेका छन् भने ३६ जना विद्यार्थीले ३.२ देखि ३.६ सम्मको अङ्क हासिल गर्न सफल भएका छन्। त्यसैगरी ३५ जना विद्यार्थीले २.८ देखि ३.२ सम्मको स्तरीकृत अङ्क प्राप्त गर्दै सफलता हात पारेका छन्।
आफ्ना विद्यार्थीहरूले शैक्षिक क्षेत्रमा देखाएको यो उत्साहजनक प्रदर्शनप्रति विद्यालय परिवारले अत्यन्तै खुसी व्यक्त गरेको छ। विद्यालय प्रशासनले सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै उनीहरूको आगामी शैक्षिक यात्रा र उत्तरोत्तर प्रगतिको कामना समेत गरेको छ। यो नतिजाले विद्यालयको उच्च शैक्षिक स्तर र मेहेनतलाई पुनः प्रमाणित गरेको छ।






