• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

वातावरण दिवसका अवसरमा पोखराका विभिन्न स्थानमा ६ हजार वृक्षारोपण

नीतिप्रेस by नीतिप्रेस
June 5, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २२ जेठ ।

पोखरा महानगरपालिका क्षेत्रमा मेगा वृक्षारोपण अभियान जारी छ । पोखरालाई स्वच्छ शहरः हरित सहरको रूपमा विकास गर्न न्चभभल एयपजबचब, ऋभिबल एयपजबचब परियोजना अन्तरगत वृक्षारोपण अभियान थालिएको नगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।

अभियान अन्तरगत विश्व वातावरण दिवसका अवसरमा शुक्रवार पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रहरूमा ६ हजार बढी बिरुवाहरू लगाइएको छ । नगर प्रमुख धनराज आचार्यको उपस्थितिमा पोखरा उपत्यका नगर विकास समितिको कार्यालय परिसरमा विभिन्न प्रजातिका फूल तथा फलफूलका बिरुवाहरू लगाइएको छ ।

नगर प्रमुख आचार्यले मेगा वृक्षारोपणको अभियानका क्रममा आआफ्नो स्थानबाट बिरुवाहरू लगाएर ग्रिन पोखरा क्लिन पोखरा निर्माणमा योगदान गर्न नगरवासीहरूलाई आह्वान गर्नुभएको छ । आफ्नो घर तथा पसल अगाडी लगाइएका बिरुवाहरूको नियमित गोडमेल तथा संरक्षण गर्दै वातावरणीय स्वच्छता प्रवर्द्धन गर्न उहाँले आग्रह गर्नुभयो ।

अभियान अन्तरगत लामो अध्ययन पश्चात् वन विज्ञान अध्ययन संस्थान र वन तथा वातावरण सम्बन्धी विज्ञहरूको सुझाव अनुसार नगर क्षेत्रको ७ सय किमी सडक तथा राजमार्ग, झन्डै ६७ कि.मी नदी तथा खोला किनार, २९ सार्वजनिक स्थलको १२५ हेक्टर खुला क्षेत्रमा ३८ प्रजातिका २ लाख २६ हजार बिरुवाहरू लगाइने उहाँले बताउनुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले ग्रिन पोखरा क्लिन पोखराको अभियानलाई सार्थक तुल्याउन हरेक नगरवासीहरूले आफ्ना अगाडीका बिरुवाहरूको संरक्षणको दायित्व लिनुपर्ने बताउनुभयो । आफ्नो वरपरको वातावरणलाई सफा स्वच्छ र हराभरा बनाउनका लागि महानगरपालिका यहाँहरूको साथमा रहेको उल्लेख गर्दै उहाँले महानगरको अभियानमा साथ दिन आग्रह गर्नुभयो ।

विज्ञहरूको सुझाव अनुसार महानगर क्षेत्रमा पहिचान गरिएको क्षेत्रमा लगाउन सकिने बिरुवाहरूमा वर, पिपल, शमी, पैयुँ, कोइरालो, टाँकी, लाली गुराँस, असारे, आँप, अमला, अशोका, कल्की फुल, राइखन्यु, गुलमोहर, बैँस, लालुपाते, कागज पाते, पालम, धुपी, बाँस, खयर, सिसौ, पाखुरी, राजवृक्ष, रातो पाते, सिना एक्साटाविलिस, टिकोमा, कपुर, लिची, किम्बु, बेल, अम्बा, निमारो, कदम, रुद्राक्ष, बेडुला, नारेश्वर, जङ्गली केरा लगायत छन् ।

Previous Post

आमाहरूको अतुलनीय योगदानलाई सम्मान गर्दै पोखरामा विशेष कार्यक्रम सम्पन्नपोखरा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन