• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

मिलेनियम ट्रेक प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै पत्रकार वासुदेव पौडेल सम्मानित

नीतिप्रेस by नीतिप्रेस
June 7, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मिलेनियम ट्रेकको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न उल्लेखनीय योगदान पुर्‍याएको भन्दै राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल सम्मानित भएका छन्।

राजधानीमा आयोजित मिलेनियम ट्रेक प्रवर्द्धन कार्यक्रम–२०८३ का अवसरमा उनलाई मिलेनियम ट्रेक व्यवस्थापन समितिले विशेष सम्मान तथा पुरस्कार प्रदान गरेको हो। मिलेनियम ट्रेकको सम्भावना, पर्यटन प्रवर्द्धन तथा पदमार्ग क्षेत्रको पहिचान विस्तारमा सञ्चार माध्यममार्फत पुर्‍याएको योगदानको कदर गर्दै पौडेललाई सम्मान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा पर्यटन क्षेत्रका विज्ञ, व्यवसायी, जनप्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले तनहुँको दुलेगौंडादेखि स्याङ्जाको रामबाछासम्म फैलिएको मिलेनियम ट्रेकलाई नेपालको प्रमुख पर्यटन गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माण, डिजिटल प्रचारप्रसार तथा समन्वित पहल आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि श्रीराम न्यौपाने ले मिलेनियम ट्रेकलाई विश्व पर्यटन बजारमा स्थापित गर्न सकिने उल्लेख गर्दै पर्यटनसँग जोडिएका पूर्वाधार र डिजिटल पहुँच विस्तारमा जोड दिए। त्यस्तै, नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणिराज लामिछाने ले अन्य ट्रेकिङ गन्तव्यमा जाने पर्यटकलाई मिलेनियम ट्रेकतर्फ आकर्षित गर्न विशेष रणनीति आवश्यक रहेको बताए।

कार्यक्रममा मिलेनियम ट्रेकको सम्भावना, पर्यटन विकासका आयाम तथा डिजिटल प्रवर्द्धनका विषयमा छलफल गरिएको थियो। साथै पदमार्ग क्षेत्रको मौलिक सांस्कृतिक पहिचान झल्काउने घाँटु तथा कौरा नृत्यसमेत प्रस्तुत गरिएको थियो।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्द्धन तथा स्थानीय तहहरूको सहयोगमा सम्पन्न उक्त कार्यक्रमको डिजिटल पार्टनरका रूपमा नीती एकेडेमी रहेको थियो।

सम्मान ग्रहणपछि पत्रकार वासुदेव पौडेलले मिलेनियम ट्रेकजस्ता सम्भावनायुक्त पर्यटन गन्तव्यको प्रचारप्रसारमा सञ्चार क्षेत्रले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै आगामी दिनमा पनि पर्यटन प्रवर्द्धनका लागि आफ्नो योगदान निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका थिए।

Previous Post

डिजिटल प्रचार, प्रवर्द्धन तथा पूर्वाधार विकासमा जोडसहित काठमाडौंमा मिलेनियम ट्रेक प्रवर्द्धन कार्यक्रम २०२६ सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन