पोखरा । जोण्टा क्लब अफ पोखराको अध्यक्षमा नेलिसा ठकुरी केसी चयन भएकी छन्। जोण्टा इन्टरनेसनल डिस्ट्रिक्ट २५ अन्तर्गत एरिया २ को पोखरामा सम्पन्न सातौं साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि उनको नेतृत्वमा पाँच सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
नयाँ कार्यसमितिको उपाध्यक्षमा सिर्जना केसी भट्टराई, सचिवमा बन्दना कार्की केसी र कोषाध्यक्षमा श्रीविद्या रघुनन्दन कायस्थ चयन भएका छन्। निवर्तमान अध्यक्षको जिम्मेवारी रोजिना रञ्जित बिजुक्छेसँग रहेको छ।
साधारण सभाले विभिन्न समितिका संयोजक तथा पदाधिकारी पनि चयन गरेको छ। नेमिनेटिङ कमिटीमा मोनिका थापा, एडभोकेसी कमिटीमा अर्चना कर्माचार्य, अवार्ड एन्ड स्कलरसिप कमिटीमा निलिमा गुरुङ र लिडरसिप कमिटीमा अन्जना तज्या चयन भएका छन्।





