• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

गण्डकी र बागमतीका प्रदेश प्रमुखबीच पोखरामा भेटवार्ता

नीतिप्रेस by नीतिप्रेस
June 26, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा।

गण्डकी प्रदेश र बागमती प्रदेशका प्रदेश प्रमुखबीच भेटवार्ता भएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट र बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबीच बिहीबार पोखरास्थित प्रदेश प्रमुख निवासमा भेटवार्ता भएको हो ।

अन्तर प्रदेश भ्रमणका क्रममा गण्डकी आइपुग्नुभएका बागमती प्रदेश प्रमुख देवकोटा र उहाँकी धर्मपत्नीलाई भट्टले निवासमा स्वागत गर्नुभयो । भेटमा मुलुकको राजधानी अवस्थित प्रदेश र पर्यटकीय राजधानी पोखरा रहेको प्रदेशबीच थप सम्बन्ध प्रगाढ बनाउँदै सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ ।

प्रदेश प्रमुखद्वयले आआफ्नो प्रदेशको वस्तुस्थिति र त्यहाँ भइरहेका गतिविधिबारे अनुभव साझा गर्नुभएको थियो । प्रदेश प्रदेशबीच भएका राम्रा कामहरूको अनुसरण गर्ने, प्रदेश कार्यालयमा भए गरेका काम र अनुभवहरू साटासाट गर्ने विषयमा छलफल भएको गण्डकी प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।

प्रदेश प्रमुखद्वयले प्रदेशको संस्थागत विकास र मर्यादा बढाउन संविधान कार्यान्वयन गर्दै अगाडि बढ्न आवश्यक रहेकामा जोड दिनुभएको थियो । स्वागत कार्यक्रममा गण्डकी प्रदेश प्रमुख कार्यालयका सचिव विजय राना, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव रञ्जन अधिकारी, कार्यालयका उपसचिवद्वय रामेश्वर अर्याल र प्रविण पौडेल, लेखा अधिकृत युवराज पौडेल, बागमती प्रदेश प्रमुख कार्यालयका स्वकीय सचिव थानेश्वर न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा बागमती प्रदेश प्रमुख देवकोटाले गण्डकी प्रदेश प्रमुख भट्टलाई आफ्नो प्रदेशमा भ्रमणका लागि निमन्त्रणा पनि गर्नुभयो भने गण्डकी प्रदेश प्रमुख भट्टले गण्डकी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यको तस्वीर समेटिएको फ्रेमसहितको मायाको चिनो प्रदान गर्नुभयो ।

Previous Post

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन