• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

नीतिप्रेस by नीतिप्रेस
June 25, 2026
in Uncategorized, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरू काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिने भएका छन्। नतिजा प्रकाशन तथा मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको, पुनर्मूल्याङ्कन र रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको भन्दै उनीहरूले आन्दोलनको घोषणा गरेका हुन्।

प्रदर्शनको नेतृत्व रञ्जित कार्की, साहिल रिजाल, दिवस श्रेष्ठ, स्मृति खतिवडा, अंशु पन्त र साहेब साह लगायतका विद्यार्थीहरूले गरिरहेका छन्। उनीहरूले WhatsApp, TikTok र Instagram लगायत सामाजिक सञ्जालमार्फत देशभरका विद्यार्थीहरूलाई प्रदर्शनमा सहभागी हुन आह्वान गरिरहेका छन्।

आन्दोलनको तयारीबारे बोल्दै रञ्जित कार्कीले विद्यार्थीहरूमाथि अन्याय भएको दाबी गरे। हामीलाई अन्याय भएको छ। छिटो नतिजा सार्वजनिक गर्ने नाममा गम्भीर त्रुटि भएको देखिन्छ। कतिपय विद्यार्थी छात्रवृत्तिका लागि आवेदन दिनसमेत समस्यामा परेका छन् भने धेरैको नतिजा अपेक्षाभन्दा फरक आएको छ। त्यसैले हामी आफ्नो आवाज उठाउन सडकमा उत्रिन बाध्य भएका हौँ,उनले भने।

आयोजकहरूका अनुसार प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति प्राप्त भइसकेको छ। कार्यक्रमलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन नेपाल प्रहरीसँग आवश्यक सुरक्षा व्यवस्थाका लागि समन्वयसमेत गरिएको उनीहरूको भनाइ छ।

विद्यार्थीहरूले निष्पक्ष छानबिन, निःशुल्क रिटोटलिङ, उत्तरपुस्तिका पुनर्परीक्षण तथा मूल्याङ्कन प्रक्रियामा पूर्ण पारदर्शिता सुनिश्चित गर्न माग गरेका छन्। उनीहरूका अनुसार यो विवाद केवल अंकको विषय नभई हजारौँ विद्यार्थीको भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको गम्भीर प्रश्न हो।

नतिजा सार्वजनिक भएपछि चार जना विद्यार्थीले आत्महत्या गरिसकेको र हजारौँ विद्यार्थी मानसिक तनावमा रहेको दाबी गर्दै आयोजकहरूले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।

आयोजकहरूले विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूलाई माइतीघर मण्डलामा उपस्थित भई शिक्षा क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र विद्यार्थी अधिकारको पक्षमा ऐक्यबद्धता जनाउन आग्रह गरेका छन्। उनीहरूले आफ्ना मागहरूको सुनुवाइ नभएसम्म थप आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनीसमेत दिएका छन्।

Previous Post

फोटो पत्रकार रञ्जितलाई एनओसी उत्कृष्ट क्यामेरापर्सन अवार्ड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन