• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

गण्डकी र कर्णाली प्रदेशमा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पोखरामा कार्ययोजना गोष्ठी

नीतिप्रेस by नीतिप्रेस
July 19, 2026
in Uncategorized, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।

गण्डकी र कर्णाली प्रदेशमा गुणस्तरीय आँखा स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पतालले पोखरामा वार्षिक कार्ययोजना गोष्ठी आयोजना गरेको छ । शनिबार सम्पन्न गोष्ठीमा चालु आर्थिक वर्षका लागि आवश्यक रणनीति तथा कार्ययोजना तय गरिएको हो ।

गोष्ठीमा गण्डकी र कर्णाली प्रदेशका आँखा अस्पताल तथा आँखा उपचार केन्द्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेत्र विशेषज्ञ तथा सरोकारवालाहरुले दुर्गम क्षेत्रसम्म आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने विषयमा गहन छलफल गरेका थिए । साथै, उनीहरुले गत वर्ष सम्पन्न कार्यक्रम, उपलब्धि र प्रगतिको विस्तृत समीक्षा समेत गरेका थिए ।

समुदायसम्म गुणस्तरीय आँखा स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले रणनीतिक योजना तयार गरिएको छ । सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विषयमा सहभागीहरूले आआफ्ना अनुभव आदानप्रदान गर्दै आगामी वर्षका लागि कार्यान्वयनयोग्य कार्ययोजना तर्जुमा गरेका छन् ।

कार्यक्रममा नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दले आँखा स्वास्थ्य सेवालाई समुदायको घरदैलोसम्म सहज रूपमा पुर्‍याउन सबै पक्षको समन्वय आवश्यक रहेको बताए । त्यसैगरी, नेपाल नेत्रज्योति संघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश सभापति दिलबहादुर क्षेत्रीले पनि कार्यक्रमलाई सम्बोधन गर्दै गुणस्तरीय सेवा विस्तारका लागि साझा प्रयास आवश्यक रहेको उल्लेख गरे ।

कार्यकारी निर्देशक शैलेशकुमार मिश्रले आँखा स्वास्थ्य सेवा विस्तारका चुनौती तथा समाधानका सम्भावित उपायबारे आफ्नो धारणा राखे। गोष्ठीको अध्यक्षता वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगरले गरेका थिए। कार्यक्रममा नेपाल नेत्रज्योति संघका विभिन्न निकायका प्रतिनिधि तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।

Previous Post

पोखरा कोरा च्यालेन्ज २०२६, दृष्टिविहीन विद्यार्थी छात्रावासका लागि सहयोग जुटाउँदै

Next Post

कास्की प्रहरी सक्रिय: असारमा २४५ मुद्दा दर्ता, फरार अभियुक्तबाट २३ लाखभन्दा बढी रकम असुली

Next Post

कास्की प्रहरी सक्रिय: असारमा २४५ मुद्दा दर्ता, फरार अभियुक्तबाट २३ लाखभन्दा बढी रकम असुली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन