• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

हिमाली बोर्डिङ स्कुलको शैक्षिक टोलीद्वारा स्मल हेभेन मोन्टेसरीको अवलोकन भ्रमण

नीतिप्रेस by नीतिप्रेस
July 24, 2026
in समाचार
0
हिमाली बोर्डिङ स्कुलको शैक्षिक टोलीद्वारा स्मल हेभेन मोन्टेसरीको अवलोकन भ्रमण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा। गुणस्तरीय प्रारम्भिक बालशिक्षाको अभ्यास, व्यवस्थापन तथा शिक्षण पद्धतिबारे अनुभव आदानप्रदान गर्ने उद्देश्यले लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका ६, भोर्लेटारस्थित हिमाली बोर्डिङ स्कुलका प्रधानाध्यापक रमिला गुरुङको नेतृत्वमा रहेको शैक्षिक टोलीले पोखरास्थित स्मल हेभेन मोन्टेसरीको अवलोकन भ्रमण सम्पन्न गरेको छ।

अवलोकन टोलीमा अपाना दुरा, सरिना गुरुङ, अलिना खाती, दीपा गुरुङ, निकिता भुजेल तथा संगीता बरालको सहभागिता रहेको थियो। टोलीले मोन्टेसरीमा अपनाइएका बालमैत्री शिक्षण विधि, कक्षाकोठा व्यवस्थापन, सिकाइ सामग्रीको प्रयोग तथा बालबालिकाको समग्र विकासमा केन्द्रित अभ्यासबारे प्रत्यक्ष अवलोकन गर्दै अनुभव साटासाट गरेको थियो।

भ्रमणका क्रममा पोखरा युनाइटेड एकेडेमीका प्रमुख कार्यकारी अधिकृत महेन्द्रबहादुर गोदार, उपप्रधानाध्यापक देवेन्द्र अधिकारी तथा स्मल हेभेन मोन्टेसरीकी इन्चार्ज पूनम गुरुङले अवलोकन टोलीलाई स्वागत गर्दै संस्थाको शैक्षिक दृष्टिकोण, बालकेन्द्रित सिकाइ प्रक्रिया तथा गुणस्तरीय शिक्षाका लागि अपनाइएका अभ्यासबारे जानकारी गराएका थिए।

कार्यक्रममा बोल्दै सीईओ महेन्द्रबहादुर गोदारले विद्यालयहरूबीचको सहकार्य, अनुभव आदानप्रदान र असल अभ्यासको साझा उपयोगले समग्र शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। यस्ता भ्रमणले शिक्षण सिकाइलाई थप प्रभावकारी, व्यवहारिक र नवीन बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।

त्यसैगरी उपप्रधानाध्यापक देवेन्द्र अधिकारीले प्रारम्भिक बालशिक्षा नै विद्यार्थीको भविष्य निर्माणको महत्वपूर्ण आधार भएकाले मोन्टेसरी शिक्षामा सिर्जनशील, बालमैत्री तथा प्रयोगात्मक सिकाइ वातावरणलाई प्राथमिकता दिइएको बताए। विद्यालयहरूबीच निरन्तर सहकार्य र सिकाइ आदानप्रदान आवश्यक रहेको उनको धारणा थियो।

मोन्टेसरी इन्चार्ज पूनम गुरुङले बालबालिकाको रुचि, क्षमता र मनोवैज्ञानिक विकासलाई केन्द्रमा राखेर शिक्षण प्रक्रिया सञ्चालन गरिएको उल्लेख गर्दै यस्ता शैक्षिक भ्रमणले आपसी सम्बन्ध अझ मजबुत बनाउने र नयाँ सिकाइका अवसर सिर्जना गर्ने बताइन्।

भ्रमण टोलीका तर्फबाट प्रधानाध्यापक रमिला गुरुङले स्मल हेभेन मोन्टेसरीमा देखिएको व्यवस्थित शैक्षिक वातावरण, बालमैत्री अभ्यास तथा सिकाइ पद्धति अत्यन्त प्रेरणादायी रहेको उल्लेख गर्दै प्राप्त अनुभवलाई आफ्नै विद्यालयमा समेत कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले न्यानो आतिथ्यता र अनुभव साझा गरेकोमा आयोजक संस्थाप्रति धन्यवादसमेत व्यक्त गरिन्।

कार्यक्रमले दुई संस्थाबीच शैक्षिक सहकार्य, अनुभव आदानप्रदान तथा गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा थप सकारात्मक सम्बन्ध स्थापित गरेको सहभागीहरूले बताएका छन्।

Previous Post

सब्लाइम इङ्ग्लिस बोर्डिङ स्कुलमा येलो कलर सेलिब्रेसन डे भव्य रूपमा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन