• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताको सन्देशसहित र्‍याली सम्पन्न

नीतिप्रेस by नीतिप्रेस
August 2, 2026
in समाचार
0
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताको सन्देशसहित र्‍याली सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्याङ्जाको वालिङमा मगर (ढूट) भाषाको अक्खालिपिमा आधारित पुस्तक आखरहील्मा (अक्षरांक) सार्वजनिक गरिएको छ। युवा लेखकद्वय जीबी राना र सावित्रा थापा द्वारा लिखित यो कृतिको शनिबार विशेष समारोहका बीच लोकार्पण गरिएको हो। कार्यक्रमको आयोजना नेपाल मगर लेखक संघ स्याङ्जा ले वालिङ बहुमुखी क्याम्पसको सभाकक्षमा गरेको थियो। पुस्तक लोकार्पणसँगै यसको विषयवस्तुमाथि विमर्श तथा समीक्षा कार्यक्रमसमेत सम्पन्न भयो।

कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष हर्क आले मगर प्रमुख अतिथिका रूपमा सहभागी थिए। पुस्तकको लोकार्पण नेपाली लेखक संघका केन्द्रीय सचिव मिलन समीर, नेपाल मगर लेखक संघका केन्द्रीय उपाध्यक्ष रुद्र श्रीस मगर, प्रगतिशील लेखक संघ स्याङ्जाका अध्यक्ष अनन्त अर्याल, तथा नेपाल मगर संघकी केन्द्रीय सदस्य गीता रखाली मगर ले संयुक्त रूपमा गरेका थिए।

लोकार्पणपछि अनन्त अर्याल, मिलन समीर, गीता रखाली मगर र रुद्र श्रीस मगर ले पुस्तकको विषयवस्तु, भाषा तथा यसको महत्वबारे समीक्षात्मक मन्तव्य राखेका थिए। कार्यक्रममा नेपाल मगर संघ स्याङ्जाका सचिव धनबहादुर थापा, मगर लेखक संघ गण्डकी प्रदेशका अध्यक्ष खड्क पामी आले, नेपाल मगर संघ गण्डकी प्रदेश अध्यक्ष दानबहादुर थापा, तथा केन्द्रीय सदस्य लक्ष्मी थापा मगर ले शुभकामना व्यक्त गर्दै पुस्तकको सफलताको कामना गरे।

आयोजकका तर्फबाट उपस्थित अतिथि तथा वक्ताहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रम नेपाल मगर लेखक संघ स्याङ्जाका अध्यक्ष जी.बी. राना को अध्यक्षतामा सम्पन्न भएको थियो भने सावित्रा थापा ले कार्यक्रम सञ्चालन गरेकी थिइन्।

लेखक जीबी राना को जन्म विसं २०४० फागुन १२ मा स्याङ्जाको गल्याङ नगरपालिका १ मा भएको हो। जनसंख्या विषयमा स्नातकोत्तर गरेका उनी २०६२ जेठ १३ देखि शिक्षण क्षेत्रमा सक्रिय छन्। हाल उनी दिसिङकोट आधारभूत विद्यालय, चापाकोट ३ का प्रधानाध्यापक हुन्। साथै, उनी गल्याङ प्रज्ञा प्रतिष्ठान का प्राज्ञ परिषद सदस्य तथा नेपाली लेखक संघ स्याङ्जा का सदस्य पनि हुन्।

लेखिका सावित्रा थापा को जन्म विसं २०४४ वैशाख १० मा स्याङ्जाको चापाकोट नगरपालिका ५, साहान्दीमा भएको हो। अंग्रेजी विषयमा स्नातकोत्तर गरेकी उनी २०६५ पुस १३ देखि शिक्षण पेशामा आबद्ध छिन्। हाल उनी महेन्द्र माध्यमिक विद्यालय, चापाकोट मा माध्यमिक तहकी अंग्रेजी शिक्षिका तथा नेपाल मगर लेखक संघ स्याङ्जा की सहसचिवका रूपमा कार्यरत छिन्।

आखरहील्मा (अक्षरांक) लेखकद्वयको पहिलो संयुक्त कृति हो, जसलाई नेपाल मगर लेखक संघ स्याङ्जा ले प्रकाशन गरेको हो। पुस्तकको नेपाली भाषा सम्पादन मिलन समीर ले गरेका छन्। मगर (ढूट) भाषा र अक्खालिपि सिक्न तथा सिकाउन सहज बनाउने उद्देश्यले तयार गरिएको यस पुस्तकमा विभिन्न उमेर र तहका पाठकलाई लक्षित सामग्री समावेश गरिएको छ। मगर भाषा–साहित्यको संरक्षण, प्रवर्द्धन तथा विकासमा यस कृतिले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

Previous Post

बर पिपल रिसोर्ट सातौँ वर्षमा : आतिथ्यमा उत्कृष्ट, सय जनालाई रोजगारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन