• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

बर पिपल रिसोर्ट सातौँ वर्षमा : आतिथ्यमा उत्कृष्ट, सय जनालाई रोजगारी

नीतिप्रेस by नीतिप्रेस
July 31, 2026
in Uncategorized, समाचार
0
बर पिपल रिसोर्ट सातौँ वर्षमा : आतिथ्यमा उत्कृष्ट, सय जनालाई रोजगारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा।

पोखराको पर्यटन तथा आतिथ्य क्षेत्रमा छोटो समयमै आफ्नो विशिष्ट पहिचान बनाउन सफल बर पिपल रिसोर्ट सातौँ वर्षमा प्रवेश गरेको छ। पोखराको प्रमुख पर्यटकीय केन्द्र लेकसाइडको स्ट्रिट नम्बर २८, मणिमार्गमा करिब ११ रोपनी क्षेत्रफलमा फैलिएको यो पाँचतारे स्तरको रिसोर्टले नेपाली मौलिकता र आधुनिक सुविधाको सुन्दर संयोजन प्रस्तुत गरेको छ।

सञ्चालनमा आएको केही समयपछि नै विश्वव्यापी कोरोना महामारीको चुनौती सामना गर्नुपरे पनि रिसोर्टले सेवा र आतिथ्यमा कुनै कमी आउन दिएन। निरन्तर गुणस्तरीय सेवा, आत्मीय आतिथ्य र उत्कृष्ट व्यवस्थापनका कारण छोटो समयमै स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्न सफल भएको हो।

नेपाली परम्परागत वास्तुकला, स्थानीय सामग्री र कलात्मक शैलीमा निर्माण गरिएको रिसोर्टले नेपाली संस्कृतिको मौलिक स्वरूपलाई आधुनिक सुविधासँग जोडेको छ। यही विशेषताका कारण रिसोर्टले पोखराको आतिथ्य क्षेत्रमा छुट्टै पहिचान स्थापित गरेको छ।

सातौँ वार्षिकोत्सवको अवसरमा रिसोर्टले सामाजिक उत्तरदायित्वअन्तर्गत हेम्जास्थित मानव सेवा आश्रममा खाद्यान्न सामग्री सहयोग गरेको छ। त्यसैगरी लमजुङको दोर्दी गाउँपालिका ३ स्थित श्रीकृष्ण प्रमोद माध्यमिक विद्यालयलाई विद्यालय पोशाक उपलब्ध गराएको तथा दुई थान कम्प्युटर हस्तान्तरण गरेको जनाएको छ।

रिसोर्टले प्रत्येक वर्ष उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै आएको छ। वार्षिकोत्सवकै अवसरमा रिसोर्टले आगामी अगस्ट महिनाभर खानपिन तथा बसोबास सेवामा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने घोषणा गरेको छ।

रिसोर्टका सञ्चालक अमरजंग गुरुङका अनुसार, पोखरामा आउने पर्यटकलाई नेपाली मौलिक स्वाद, आत्मीय सेवा र उत्कृष्ट आतिथ्य प्रदान गर्ने लक्ष्यका साथ सुरु भएको यात्रा आज सातौँ वर्षमा पुगेको छ। कोरोना महामारीजस्ता कठिन परिस्थितिमा पनि हामी विचलित भएनौँ र निरन्तर पाहुनाको सेवा गरिरह्यौँ।

गत वर्षको आन्दोलनका क्रममा रिसोर्टमा तोडफोड तथा आगजनी भएको भए पनि त्यसले सेवा प्रवाहमा कुनै असर पर्न नदिएको रिसोर्ट व्यवस्थापनले जनाएको छ। चुनौतीपूर्ण परिस्थितिका बीच पनि पाहुनाको विश्वास कायम राख्न सफल भएको उनीहरूको भनाइ छ।

करिब तीन दशकदेखि पोखराको पर्यटन क्षेत्रमा सक्रिय अमरजंग गुरुङले सानो होटल व्यवसायबाट यात्रा सुरु गरी आजको बर पिपल रिसोर्ट निर्माण गरेका हुन्। स्थानीय संस्कृति झल्किने कलात्मक संरचना, प्राकृतिक वातावरण र आधुनिक सुविधाको समिश्रणले रिसोर्टलाई विशिष्ट बनाएको छ।

हाल रिसोर्टमा करिब एक सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। यहाँबाट फेवाताल तथा वरपरका हरियाली पहाडको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। रिसोर्टमा डिलक्स, सुपर डिलक्स र एक्जिक्युटिभ सुइटसहित ५० भन्दा बढी आकर्षक कोठा रहेका छन्।

यसका अतिरिक्त आउटडोर स्विमिङ पुल, अत्याधुनिक स्पा, साउना, फिटनेस जिम, नेपाली तथा अन्तर्राष्ट्रिय परिकार उपलब्ध गराउने फाइन डाइनिङ रेस्टुरेन्ट तथा कफी सप रिसोर्टका प्रमुख आकर्षण हुन्। व्यवसायिक सभा, गोष्ठी तथा सम्मेलनका लागि सुविधासम्पन्न मिटिङ हल, हरियाली बगैँचा र पर्याप्त पार्किङको व्यवस्था पनि गरिएको छ।

नेपाली समाजमा बर र पिपल सहअस्तित्व, विश्राम, सामाजिक मेलमिलाप र सांस्कृतिक एकताको प्रतीक मानिन्छ। यही अवधारणालाई केन्द्रमा राखेर रिसोर्टको डिजाइन तयार गरिएको छ, जहाँ नेपाली परम्परागत शैलीलाई आधुनिक सुविधासँग सुन्दर ढंगले समायोजन गरिएको छ।

गुणस्तरीय सेवा, आत्मीय आतिथ्य, सामाजिक उत्तरदायित्व र नेपाली मौलिकताको संरक्षणप्रतिको प्रतिबद्धताका कारण बर पिपल रिसोर्ट आज पोखराको पर्यटन क्षेत्रमा विश्वसनीय र लोकप्रिय गन्तव्यका रूपमा स्थापित भएको छ।

Previous Post

शिक्षालाई जीवनको सर्वोच्च मूल्यका रूपमा ग्रहण गर्नु नै गुरूप्रतिको वास्तविक सम्मान : प्रदेश प्रमुख भट्ट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन