Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

ज्योतिकुञ्ज स्कुलमा दशैँको शुभकामना

Niti Academy by Niti Academy
October 12, 2026
in गण्डकी प्रदेश, शिक्षा, समाचार
0
ज्योतिकुञ्ज स्कुलमा दशैँको शुभकामना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा। पोखरा महानगरपालिका-१० रामबजारस्थित ज्योतिकुञ्ज सेकेण्डरी अंग्रेजी माध्यमिक विद्यालयले विजयादशमी, दीपावली, छठ र ईदलगायत पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालयले प्रिप्राइमरीदेखि कक्षा ३ सम्मका विद्यार्थीलाई सहभागी गराएर कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा विद्यालयका संस्थापक तथा निर्देशक बालकृष्ण शर्मा, इन्चार्ज सपना गुरुङ र शिक्षक–शिक्षिकाले विद्यार्थीलाई टीका र जमरा लगाइदिँदै पर्वको शुभकामना दिएका थिए।

कार्यक्रममा विद्यालयका संस्थापक तथा निर्देशक बालकृष्ण शर्माले दशैँ नेपाली समाजको महत्वपूर्ण सांस्कृतिक पर्व भएको उल्लेख गर्दै यसले परिवार र समुदायबीच आपसी सद्भाव, प्रेम र एकताको भावना बलियो बनाउने बताए।

बालबालिकालाई सानैदेखि चाडपर्वको सांस्कृतिक महत्व, पारिवारिक आत्मीयता र सामाजिक सद्भावबारे बुझाउन यस्ता कार्यक्रम उपयोगी हुने उनको भनाइ थियो।

विद्यालयकी इन्चार्ज सपना गुरुङले चाडपर्वले बालबालिकामा खुसी बाँड्ने, आपसी सम्मान गर्ने र आफ्नो संस्कृतिप्रति परिचित हुने अवसर प्रदान गर्ने बताइन्। विभिन्न धर्म र समुदायका पर्वलाई सम्मान गर्दै सबै मिलेर खुसी साटासाट गर्ने संस्कार विकास गर्नुपर्नेमा उनले जोड दिइन्।

विद्यालयले हरेक वर्ष विभिन्न पर्वका अवसरमा विद्यार्थीमाझ यस्ता कार्यक्रम गर्दै आएको जनाएको छ। यस्ता गतिविधिले विद्यार्थीलाई पुस्तकको ज्ञानसँगै नेपाली संस्कृति, परम्परा र सामाजिक सद्भावको महत्व बुझ्न सहयोग पुग्ने विद्यालयको विश्वास छ।

कार्यक्रममा शिक्षकहरू कुसुम गुरुङ, कञ्चन राई, मञ्जरी मगर, शारदा आले, आरती गुरुङ, उषा गुरुङ, एलिशा थापा, मीना कुमारी द्वा र प्रिया थापाको सहभागिता थियो।

२०४६ सालमा स्थापना भएको विद्यालयमा कक्षा १० सम्म पठनपाठन हुँदै आएको छ। कक्षा ११ र १२ मा व्यवस्थापन तथा कम्प्यूटर विज्ञान संकाय सञ्चालनमा रहेका छन्। विद्यालयमा हाल करिब सात सय विद्यार्थी अध्ययनरत छन्।

Previous Post

जनसेवी बचत तथा ऋण सहकारीको सातौँ स्थापना दिवस तथा वार्षिक साधारण सभा सम्पन्न

Next Post

व्यवहारिक शिक्षा र प्रविधिमा जोड दिँदै सोसल पब्लिक स्कुल

Next Post
व्यवहारिक शिक्षा र प्रविधिमा जोड दिँदै सोसल पब्लिक स्कुल

व्यवहारिक शिक्षा र प्रविधिमा जोड दिँदै सोसल पब्लिक स्कुल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन