Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

चित्रबहादुर गुरुङको योगदान भावी पुस्तालाई चिनाउन सालिक सहिदपार्कमा

Niti Academy by Niti Academy
October 12, 2026
in गण्डकी प्रदेश, फिचर, राजनीति, समाचार
0
चित्रबहादुर गुरुङको योगदान भावी पुस्तालाई चिनाउन सालिक सहिदपार्कमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । २००७ सालको राणाविरोधी क्रान्तिमा पश्चिमाञ्चल क्षेत्रको कमाण्डरका रूपमा काम गरेका प्रजातन्त्र सेनानी स्व. चित्रबहादुर गुरुङको अर्धकदको सालिक पोखरा महानगरपालिका-१७, मुस्ताङ चोकबाट वडा नम्बर १८ स्थित राष्ट्रिय सहिद तथा विभूति पार्क मेथ्लाङमा स्थानान्तरण गरिएको छ।

गुरुङको ३७औँ स्मृति दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङले सालिक अनावरण गरे।

स्व. चित्रबहादुर गुरुङ स्मृति प्रतिष्ठान पोखरा-१७ को आयोजनामा भएको कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, परिवारजन तथा समाजसेवी सहभागी थिए।

कार्यक्रममा नगरप्रमुख आचार्यले राणाशासनविरुद्धको आन्दोलनमा योगदान दिएका गुरुङ पछि कम्युनिस्ट आन्दोलनमा सक्रिय भएको स्मरण गरे।

पुष्पलाल क्षेत्रीसँगको सान्निध्यमा नेपाली कम्युनिस्ट आन्दोलनसँग जोडिएका गुरुङको योगदानलाई सम्मान गर्दै तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीबाट मुस्ताङ चोकमा सालिक अनावरण गरिएको उनले बताए।

आचार्यका अनुसार मुख्य चोकहरूमा रहेका सालिकलाई व्यवस्थित रूपमा संरक्षण गर्दै ऐतिहासिक तथा राजनीतिक व्यक्तित्वहरूको योगदानबारे नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यले सहिद तथा विभूति पार्कमा स्थानान्तरण गर्ने काम अघि बढाइएको हो। मुस्ताङ चोकमा रहेको सालिकलाई पनि यही उद्देश्यअनुसार पार्कमा ल्याइएको उनले स्पष्ट पारे।

उनले पार्कलाई विभिन्न राष्ट्रिय व्यक्तित्व तथा सहिदहरूको योगदान अध्ययन गर्न सकिने स्थलका रूपमा विकास गरिने जानकारी दिए।

पार्कमा रहेका प्रत्येक सालिकसँग सम्बन्धित व्यक्तिको परिचय, योगदान र ऐतिहासिक पृष्ठभूमिबारे जानकारी दिने क्युआर कोडसहितका सूचना प्लेट राख्ने योजना रहेको उनले बताए। यसबाट पार्क घुम्न आउनेले सम्बन्धित व्यक्तित्वबारे सहजै पढ्न र बुझ्न सक्ने उनको भनाइ थियो।

पार्कमा थप ऐतिहासिक व्यक्तित्वका सालिक राख्न आवश्यक पूर्वाधार तयार भइरहेको उल्लेख गर्दै आचार्यले राष्ट्रिय योगदानका आधारमा अन्य व्यक्तित्वका प्रतिमा राख्ने विषयमा पनि छलफल भइरहेको बताए। पार्कलाई पोखराको आकर्षणको केन्द्रका रूपमा विकास गर्न सबैलाई भ्रमण गर्न उनले आग्रह गरे।

कार्यक्रममा नेकपा एमाले कास्की जिल्ला कमिटीका उपाध्यक्ष भेषराज बरालले मन्तव्य राखेका थिए।

गुरुङ भाइखलकका ज्येष्ठ सदस्य भोजप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गुरुङकी नातिनीबुहारी तथा पोखरा-१७ की पूर्व वडासदस्य शान्तादेवी गुरुङले स्वागत र वडा सदस्य विक्रम गुरुङले सञ्चालन गरेका थिए।

कार्यक्रममा नेकपा एमाले पोखरा महानगर कमिटीका अध्यक्ष जीवनप्रसाद आचार्यसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा परिवारजनको उपस्थिति थियो।

स्व. गुरुङको सालिक वरिष्ठ प्रजातन्त्रवादी नेता गणेशमान सिंहको निर्देशनअनुसार सेनानी हस्तबहादुर गुरुङले २०५२ असोज २६ गते शिलान्यास गरेका थिए।

तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५३ मंसिर २१ गते मुस्ताङ चोकमा सालिक अनावरण गरेका थिए। गुरुङको जन्म पर्वतको तत्कालीन भोक्सिङ, खोलाखर्कमा वि.सं. १९७५ मा भएको र उनको निधन वि.सं. २०४७ मा भएको स्मृति विवरणमा उल्लेख छ।

Previous Post

आन्दोलनका नाममा आगजनी र लुटपाट स्वीकार्य छैन : ओली

Next Post

कोइरालासहित ३१ जना नेपाली वैज्ञानिक विश्वका शीर्ष वैज्ञानिकको सूचीमा

Next Post
कोइरालासहित ३१ जना नेपाली वैज्ञानिक विश्वका शीर्ष वैज्ञानिकको सूचीमा

कोइरालासहित ३१ जना नेपाली वैज्ञानिक विश्वका शीर्ष वैज्ञानिकको सूचीमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन