पोखरा। पोखरा महानगरपालिका-१५, कोलपाटनस्थित हावर्ड एकेडेमीले विजयादशमी, दीपावली, छठ र ईदलगायतका पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालयले प्रिप्राइमरीदेखि कक्षा १० सम्मका विद्यार्थीलाई सहभागी गराएर कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा विद्यार्थीलाई टीका र जमरा लगाइदिँदै चाडपर्वको शुभकामना व्यक्त गरिएको थियो।
विभिन्न धर्म, संस्कृति र परम्परासँग जोडिएका चाडपर्वले आपसी सद्भाव, भाइचारा, सहिष्णुता र एकताको भावना विकास गर्न सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।
गुणस्तरीय शिक्षा, चरित्र निर्माण र विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकता दिँदै आएको हावर्ड एकेडेमीले यस्ता कार्यक्रममार्फत विद्यार्थीलाई नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावबारे परिचित गराउने प्रयास गर्दै आएको छ।
विद्यालयले सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा शुभचिन्तकमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामनासहित चाडपर्वको शुभकामना व्यक्त गरेको छ।






