Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नेपाली काङ्ग्रेसको पन्ध्रौं महाधिवेशन : गण्डकी प्रदेशबाट महामन्त्री पदको लागि अजित क्षेत्रीको उम्मेदवारी

नीतिप्रेस by नीतिप्रेस
November 14, 2026
in Uncategorized
0
नेपाली काङ्ग्रेसको पन्ध्रौं महाधिवेशन : गण्डकी प्रदेशबाट महामन्त्री पदको लागि अजित क्षेत्रीको उम्मेदवारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै गण्डकी प्रदेशका युवा नेता अजित क्षेत्रीले प्रदेश महामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएकाे छ।  आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै पदभन्दा जिम्मेवारीलाई प्राथमिकता दिने बताउनुभएकाे छ।

क्षेत्रीले कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित हुनुका साथै नयाँ कार्यसमिति चयन भएको घटनाले आफूलाई पनि संगठनमा थप जिम्मेवारी लिन प्रेरित गरेको उल्लेख गर्नुभएकाे छ। पार्टीमा पुस्तान्तरण र रूपान्तरण समयको माग भएको बताउँदै उहाँले प्रविधिको प्रयोग र नयाँ कार्यशैलीमार्फत संगठनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएकाे हाे।

नेतृत्वको अर्थ आदेश दिनु नभई जिम्मेवारी लिनु भएको उल्लेख गर्दै क्षेत्रीले संगठन बलियो भए मात्र लोकतन्त्र पनि बलियो हुने बताउनुभएकाे छ। राजनीति व्यक्ति केन्द्रित नभई युवाका सपना सम्बोधन गर्ने, सामाजिक न्याय स्थापित गर्ने, निष्ठा र चरित्रमा आधारित हुने तथा सकारात्मक नतिजा दिने खालको हुनुपर्ने उहाँको धारणा छ।

पार्टीमा योगदान गरेका अग्रजदेखि नयाँ पुस्तासम्मका नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकको विश्वास आफ्नो कर्मबाट पुनः स्थापित गर्न युवाको नेतृत्व आवश्यक रहेको उहाँले बताउनुभएकाे छ। नेपाली कांग्रेस गण्डकी प्रदेशको नेतृत्वमा नयाँ ऊर्जा, सोच र कार्यशैली स्थापित गर्ने उद्देश्यले महामन्त्री पदमा उम्मेदवारी दिने निर्णय गरेको उहाँको भनाइ छ।

स्याङ्जाको हरिनास गाउँपालिकामा जन्मिएका क्षेत्री नेपाल विद्यार्थी संघमार्फत विद्यार्थी राजनीतिमा प्रवेश गर्नुभएकाे हाे। विद्यालय तहदेखि नै संगठनमा सक्रिय उहाँ २०६२ सालमा पोखरास्थित छोरेपाटन उच्च माध्यमिक विद्यालयमा नेविसंघको संगठनात्मक गतिविधिमा संलग्न हुनुभएकाे थियाे। २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनमा समेत उहाँको सक्रिय सहभागिता रहेको थियो।

उच्च शिक्षाका क्रममा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन गर्दा विद्यार्थी राजनीतिलाई निरन्तरता दिएका क्षेत्रीले २०६४ सालमा क्याम्पस इकाइ सचिवको जिम्मेवारी सम्हाल्नुभएकाे थियाे। २०६५ सालमा पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा नेपाली कांग्रेसनिकट उम्मेदवार बनेका उहाँ पराजित हुनुभएकाे थियाे। निर्वाचनको अनुभवबाट सिक्दै उहाँ संगठनात्मक गतिविधिमा निरन्तर सक्रिय रहनुभयाे।

नेविसंघ स्याङ्जा क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति तथा जिल्ला कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालिसकेका क्षेत्रीले २०६९ देखि २०७८ सालसम्म झन्डै एक दशक नेविसंघ स्याङ्जाको जिल्ला सभापतिको जिम्मेवारी निर्वाह गर्नुभएकाे थियाे। सो अवधिमा जिल्लाका विभिन्न शैक्षिक संस्थामा संगठन विस्तार तथा विद्यार्थीका हकहितका विषयमा सक्रिय भूमिका निर्वाह गरेको विवरण उहाँले सार्वजनिक गर्नुभएकाे छ।

नेपाली कांग्रेसको १२औँ महाधिवेशनबाट क्षेत्रीय प्रतिनिधि हुँदै महाधिवेशन प्रतिनिधि निर्वाचित भएका क्षेत्री हाल नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति सदस्यका रूपमा कार्यरत हुनुहुन्छ। साथै, उहाँ कांग्रेस गण्डकी प्रदेशको भ्रातृ संगठन समन्वय विभाग संयोजकको जिम्मेवारीमा समेत रहनुभएकाे छ।

आफूले अग्रजको अनुभव र युवाको ऊर्जालाई एकसाथ जोडेर अघि बढ्ने योजना बनाएको क्षेत्रीले बताउनुभएकाे छ। पारदर्शी कार्यशैली अपनाउँदै आम नागरिकका समस्या समाधानमा विकल्पसहित प्रस्तुत हुने, विकास र निकासका विषयमा जोड दिने तथा सरकारको ध्यानाकर्षण गराउने उहाँको प्रतिबद्धता छ।

Previous Post

सैनिक कल्याणकारी कोषबाट ४० हजार विद्यार्थीलाई छात्रवृत्ति, १० लाख हिताधिकारी लाभान्वित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन