पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले प्रदान गर्ने ‘निट पत्रकारिता पुरस्कार का लागि प्रतिभा छनोट समिति गठन गरिएको छ ।
पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले स्थापना गरेको पुरस्कारका लागि फोनिज गण्डकीका इन्चार्ज रुद्र श्रीसमगरको संयोजकत्वमा ५ सदस्यीय प्रतिभा छनोट समिति गठन गरिएको हो । समितिको सदस्यमा पूर्व पुरस्कृत पत्रकार भरत कोइराला, फोनिज गण्डकीकी अनुशासन समितिकी संयोजक मिना थापामगर, अध्यक्ष खिमा गुरुङ र महासचिव सुरज थापामगर छन् ।
निट डेण्टलको चौंथो वार्षिकोत्सवका अवसरमा मंसिर २६ गते अर्पण गरिने पुरस्कारबाट पत्रकारिताका माध्यमबाट समाज परिवर्तनमा सकरात्मक भूमिका निभाएका पत्रकार सम्मानित हुने फोनिज गण्डकीकी अध्यक्ष खिमा गुरुङले बताइन् । पुरस्कार राशी २५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।






