• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

जलेश्वरस्थित प्रादेशिक अस्पताललाई आवश्यक जनशक्ति दिन सांसद कार्कीको माग

नीतिप्रेस by नीतिप्रेस
March 14, 2024
in नेपाली समाचार आजको, राजनीति, विचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले महोत्तरी जिल्लाको जलेश्वरमा रहेको प्रादेशिक अस्पतालमा आवश्यक स्रोत, साधन र जनशक्ति पु¥याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 


बिहीवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद कार्कीले ४१ वर्ष अगाडी स्थापना गरिएको सो प्रादेशिक अस्पतालमा अझैपनि स्रोत, साधन र जनशक्तिको अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले सरकारले शैय्याको संख्या थप्ने निर्णय गरेको तर सो अनुरुपको दरबन्दी र जनशक्ति व्यवस्थापन हुन नसकेको भन्दै आवश्यक दरबन्दी व्यवस्था गर्न आग्रह गर्नुभयो । उहाँले जनशक्तिको अभावमा आइसियु, हेमोडाइलाइसिस र ब्लड बैंक चलाउन ल्याइएको बहुमूल्य उपकरणहरु प्रयोगविहिन अवस्थामा रहेका बताउनु भयो । उहाँले सेवाग्राहीले सेवा लिनबाट विमुख रहेको कुराको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनु भयो । 


उहाँले भन्नुभयो – ‘मधेसका स्वास्थ्य संस्थाहरुको दुर्गती देखेका छौँ । जनताहरुले आधारभुत सेवाका लागि तड्पिएको देखेका छौँ । र त्यहाँ चिकित्सकहरु, स्वास्थ्यकर्मीहरु र उपयुक्त स्रोत, साधन पाउनका लागि लडिरहेको अवस्था पनि हामीले देखेका छौँ । अब यो पीडाहरु भोग्नु नपरोस् । महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालको कुरा गर्न चाहन्छु, १५ शैय्याको जलेश्वर प्रादेशिक अस्पताल ४१ वर्ष अगाडी स्थापना गरिएको । कागजमा करिव ४ वर्ष अघि ५० सैय्यामा र ६ महिना अघि १०० शैय्यामा स्तरोन्नति गरिएको छ । बेडको संख्या बढाएर बढिभन्दा बढी जनताले सेवा पाउँछन् कि त्यसमार्फत सेवा पु¥याउन जनशक्ति, स्रोत, साधन र अन्य सहयोगको पनि आवश्यकता हुन्छ ? अस्पताल प्रशासनले बारम्बार जनशक्ति व्यवस्थापनका लागि पत्राचार गरिराख्दा पनि आजसम्म यो अस्पताल १५ शैय्याको दरबन्दीमा मात्रै चलिराखेको छ । बेड अनुसारको दरबन्दी र दरबन्दी अनुसारको जनशक्तिको व्यवस्थापन नहुँदा २४ घण्टे सेवा प्रवाहमा कस्तो र कति कठिनाई उत्पन्न हुन्छ भन्ने मामुली कुरा नि सरकारले नबुझ्ने हो भने अरु प्रगति स्वास्थ्यमा कसरी हुन्छ ? जनशक्तिको अभावमा आइसियु, हेमोडाइलाइसिस, ब्लड बैंक चलाउन ल्याइएको बहुमूल्य उपकरणहरु वर्षौदेखि प्रयोग विहिन अवस्थामा रहेको । सेवाग्राही सेवा लिनबाट विमुख रहेको कुराको जिम्मेवारी सरकारले लिनुपर्छ ।’ 


उहाँले नागरिकको स्वास्थ्यप्रति सरकार जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । 

Previous Post

देशका समस्याहरुको समाधान गर्नु सबै दलहरुको साझा दायित्व होः ठाकुर गैरे

Next Post

अब बहुउद्देश्यीय सहकारीको काम छैनः पूर्वअर्थमन्त्री डा.खतिवडा

Next Post

अब बहुउद्देश्यीय सहकारीको काम छैनः पूर्वअर्थमन्त्री डा.खतिवडा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन