• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अब बहुउद्देश्यीय सहकारीको काम छैनः पूर्वअर्थमन्त्री डा.खतिवडा

नीतिप्रेस by नीतिप्रेस
March 14, 2024
in Uncategorized, अर्थ/वाणिज्य, नेपाली समाचार आजको, राजनीति, विचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बहुउदेश्य सहकारीहरुको काम नभएको बताउनुभएको छ । 


बिहीवार काठमाडौंमा राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको पहिलो डिजिटल सम्मेलनमा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताउनुभएको हो । एउटा मात्रै काम गरेर बहुउद्देश्यीय सहकारी भन्न नमिल्ने उहाँको भनाई छ । उहाँले बहुउदेश्य सहकारीको नाममा एकल उद्देश्य पूर्ति गर्ने सहकारीहरुको अब काम नभएको दाबी गर्नुभयो । उहाँले अब बहुउद्देश्य सहकारीलाई क्षेत्रगत र उद्देश्य केन्द्रित बनाउन जरुरी रहेको बताउनु भयो । उहाँले सहकारीले अब उत्पादन, वितरण र उपभोक्ताको क्षेत्रमा काम गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले पछिल्लो समय बहुउद्देश्य सहकारीका नामम नेटवर्किङ गरेर सहकारीलाई एक किसिमको व्यवसाय मात्रै बनाएर सहकारीको अथित्व २०२५ मा नै सकिने बताउनु भयो । उहाँले नोटको प्रयोग घट्दै गएकोले अब सहकारीहरु पनि डिजिटल प्रविधिमा जानुको विकल्प नभएको बताउनु भयो । उहाँले बढ्दो सूचना प्रविधिको विकासले बैंकको शाखा र नोटको कारोबारको पनि कम हुँदै गएको भन्दै सहकारीहरुले पनि तयारी गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले सहकारीलाई उत्पादन,वितरण,उपभोक्तासँग जोडिएका सहकारी बाहेक शाखा खोल्ने,सेवा केन्द्र खोल्ने,नेटवर्किङ चलाउने कामलाई सहकारी ऐन संशोधन गरेर सदस्य वेस,क्षेत्रगत लक्ष्य र उदेश्य सहकारी संस्था अगाडि बढाउन जरुरी रहेको बताउनु भयो । सहकारीको कारोबार डिजिटल हुनसक्यो भने पारदर्शिता कायम भई क्रमशः समस्या समाधान हुने खतिवडाले बताउनु भयो । उहाँले सहकारी वित्तीय कारोबार मात्रै नभई सामाजिक पुँजी निर्माण र सहकार्य भएको बताउनु भयो । उहाँले सहकारी क्षेत्रले सदस्यलाई सूचना प्रविधिमा पनि अगाडि बढाउनुपर्ने बतउनु भयो । उहाँले अब स्मार्ट सहकारीतर्फ अगाडि बढ्दै कारोबार पनि स्मार्ट हुनुपर्नेमा जोड दिनुभयो ।  उहाँले आगामी २०३० सम्म सबै सहकारी प्रविधि मैत्री हुने विश्वास व्यक्त गर्नु भयो ।


उहाँले भन्नुभयो,‘ वित्तीय कारोबार डिजिटल रुपमा हुँदै जाँदा जोखिम पनि हुँदै जान्छ । साइवर सुरक्षाको लागि पनि सहकारीहरु तयारी हुनुपर्छ । सहकारी प्रविधिमैत्री हुँदै जाँदा कसरी सदस्यहरुलाई सुरक्षित राख्न सकिन्छ भनेर जान्नुपर्छ । यस्ता कुरा गर्न सके सहकारीहरु २०३० सम्म सहकारीहरु देखिन्छन् । नभएर २०३० सम्म सहकारी भएको ठाउँमा विजनेस कम्पप्लेस छ भन्ने हुन्छ । २०३० सम्म सहकारीहरु प्रविधिमैत्री हुन्छन् । आफ्नो संस्था र कारोबारको बारेमा स्मार्ट फोनबाट हेर्नु सक्नुहुने छ । आफू सदस्य भएको सहकारीको एप्स मोबाइलमा हुन्छ । एप्स मार्फत सुचना पाइराख्नु हुने छ । शंका लागेमा कारोबार गर्नको लागि सदस्यहरुबीचमा समन्वय भएको हुन्छ । हल्ला भन्दा पनि सदस्यहरुबीचको सल्लाहले सहकारी ठिक छ वा छैन भन्ने मूल्याङकन गर्नु सक्नुहुने छ । डिजिटल प्रविधिले बचत फिर्ता गर्न सहकारीमा लाइन लाग्ने अवस्थाको अन्त्य पनि गर्छ । २०३० सम्म सहकारीहरु डिजिटल र पारदर्शी हुने छन् । सहकारीलाई उत्पादन,वितरण,उपभोक्तासँग जोडिएका सहकारी बाहेक शाखा खोल्ने,सेवा केन्द्र खोल्ने,नेटवर्किङ चलाउने कामलाई सहकारी ऐन संशोधन गरेर सदस्य वेस,क्षेत्रगत लक्ष्य र उद्देश्य सहकारी संस्था अगाडि बढाउनुपर्छ । बहुउद्देश्य सहकारी भनेको पनि काम छैन । एकल उद्देश्य लिएर बहुउदेश्य सहकारीको नाम लिएर हिँडेर जनतालाई झुक्याउनुको काम छैन । बहुउद्देश्य सहकारीहरुलाई मौका दिनुपर्छ । उहाँहरुलाई बचत ऋण,कृषि,उद्योग र अन्य सेवा क्षेत्रमा जानुहुन्छ  भने ठिक छ । अहिलको जसरी काम नगरौं । केही सहकारीका साथीहरुले नेटवर्किङ गरेर जुन सहकारीलाई एक किसिमको व्यवसाय बनाउनुभएको छ । त्यस्तो भए २०२५मा नै बन्द हुनेछन् ।’

पूर्वअर्थमन्त्री खतिवडाले सामाजिक सञ्जालको उपयोग गरेर सदस्यलाई सहकारीको गतिविधिको जानकारी दिने वातावरण बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले सदस्यको हितमा काम नगर्ने सहकारीको भविष्य नरहेको भन्दै नाफामुखी, सदस्य र समुदाय केन्द्रित नरहेका सहकारी २०३०सम्म नरहने दाबी पनि गर्नुभयो ।

Previous Post

जलेश्वरस्थित प्रादेशिक अस्पताललाई आवश्यक जनशक्ति दिन सांसद कार्कीको माग

Next Post

आगामी आर्थिक वर्षको बजेटमा सिद्धान्त र प्राथिमकतामा आशा जगाउने नयाँपन छैनः काँग्रेस

Next Post

आगामी आर्थिक वर्षको बजेटमा सिद्धान्त र प्राथिमकतामा आशा जगाउने नयाँपन छैनः काँग्रेस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन