Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

रहेनन् फेवा सिटी हस्पिटलका संस्थापक चेतबहादुर गुरुङ


पोखरा ,


फेवासिटी अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि. का संस्थापक चेतबहादुर गुरुङको निधन भएको हो ।

निमोनियाबाट ग्रसित गुरुङको भारतको नयाँदिल्ली स्थित फोर्डिज अस्पतालमा बुधबार बिहान निधन भएको छ । उनको मृगौला फेल भएर केही अघि प्रत्यारोपण गरिएको थियो ।

२०१६ सालमा गुल्मीको गैढुंगामा जन्मिएका गुरुङ हाल पोखरा १० रामघाट निवासी हुन् । उनका श्रीमती ईन्द्रा, तीन छोरी सूचीमा, सूवीचा र अवित्रीदेवी गुरुङ रहेका छन् ।

गुरुङले पश्चिमाञ्चल क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्रमुख भएर ३० वर्ष काम गरेका थिए । गुरुङ हाल फेवा एमआरआइका अध्यक्ष हुन् भने रोटरी क्लब अफ अन्नपूर्णमा समेत आवद्ध रहेका थिए । गुरुङ संस्थापक भए पछि नै पोखरामा युनाइटेड रेफरेन्स ल्याबरेटोरी प्रा.लि. (युआरएल) सञ्चालनमा आएको थियो ।

गुरुङको शव शुक्रबार मात्रै पोखरा ल्याइने पारिवारिक स्रोतले जनाएको छ । त्यसपछि अन्तिम संस्कारका प्रक्रिया अघि बढिसकेको छ । उनको निधनपछि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायत शुभचिन्तक एवं आफन्तले गहिरो दुःख व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist