• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

लुम्बिनीलाई लगानीमैत्री क्षेत्र बनाउने गरी सरकारले काम शुरु गरेको छः मन्त्री ढकाल

नीतिप्रेस by नीतिप्रेस
October 23, 2024
in Uncategorized, अन्य, अर्थ/वाणिज्य, जीवनशैली, धर्म/संस्कृति, नेपाली समाचार आजको, मनाेरञ्जन, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले लुम्बिनीलाई लगानीमैत्री क्षेत्र बनाउने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ ।


बुधवार बुटवलमा आयोजित व्यापार तथा लगानीमा प्रदेश स्तरका सरोकारवालाहरुसँगको एक दिने छलफल कार्यक्रममा बोल्दै मन्त्री ढकालले देशभित्रका राष्ट्रिय पुँजीलाई कसरी प्रदेश र लगानीको क्षेत्रमा केन्द्रित गर्ने भन्नेमा सरकारको ध्यान केन्द्रित रहेको बताउनुभएको हो । उहाँले लुम्बिनी सरकारले निजी क्षेत्रको लगानीलाई व्यवस्थित गर्नेबारेमा पनि आवश्यक योजना बनाइरहेको बताउनु भयो । उहाँले निजी क्षेत्रले गरेको लगानीको व्यवस्थापनका बारेमा सरकारले आवश्यक काम अघि बढाएको जिकिर गर्नुभयो । मन्त्री ढकालले निजी क्षेत्र र सरकारको बीचमा लगानीको सन्दर्भमा देखिएका कमजोरीहरु समाधान गर्न सरकार तयार रहेको बताउनु भयो । उहाँले वाह्य पुँजीलाई आकर्षित गर्नेगरी सरकारले काम गरिरहेको पनि बताउनु भयो । प्रदेश सरकार निजी क्षेत्रलाई साथमा लिएर प्रदेशको विकासलाई अघि बढाउने काममा केन्द्रित रहेको बताउनु भयो । 


उहाँले भन्नुभयो, ‘निजी क्षेत्रको लगानीलाई कसरी व्यवस्थित गरेर अघि लैजाने ? भन्ने सन्दर्भमा सरकारले अनेकौँ  कोणबाट छलफल गराइरहेको छ । हिजोका दिनमा निजी क्षेत्र लगानी पनि गरिरहको छ, त्यसलाई व्यवस्थापन गर्ने काममा सरकारको सहयोग पनि भइरहेको छ । तर त्यसलाई जति व्यवस्थित गर्नुपर्ने हो, जति मिलेर अघि लैजानुपर्ने हो त्यो कुरामा कहीँ न कहीँ कमी कमजोरी छन् भन्नेकुरा हामीले पनि महशुस गरेका छौँ । वास्तवमा टक्सार म्यागेजिनले राष्ट्रिय राजनीतिभित्र अर्थ राजनीतिको क्षेत्रलाई मिलाएर कसरी अगाडि लैजान सकिन्छ भन्ने सन्दर्भमा लामो समयदेखि आफ्नो भुमिका निर्वाह गरेको छ । निजी क्षेत्र र सरकारको बीचमा लगानीको सन्दर्भमा केही देखिएका कमजोरीलाई पूर्णता दिनेछौँ । सरकार र निजी क्षेत्रका सम्पूर्ण संघ संस्थाहरुलाई एकसाथमा राखेर अघि बढाउने कुरामा सञ्चारमाध्यमको भुमिका महत्वपूर्ण हुन्छ । सरकार, निजी क्षेत्र र पत्रकार जगत हामी तीन पक्ष मिलेर आगमी दिनमा लुम्बिनीलाई कसरी लगानीमैत्री क्षेत्र बनाउने हामीले देशभित्रका राष्ट्रिय पुँजीलाई कसरी प्रदेशमा केन्द्रित गर्ने, लगानीको क्षेत्रमा केन्द्रित गर्ने, बाहिरबाट आउने पुँजीलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय आजको प्रमुख विषय हो । प्रदेश सरकार निजी क्षेत्रलाई पनि कसरी साथमा लिएर प्रदेशको विकासलाई अघि बढाउन सकिन्छ भन्नेकुरामा सोचिरहेको छ । लगानीका सन्दर्भमा कतिपय नीतिगत, व्यवहारिक क्षेत्रमा सुधार गर्नुपर्ने केही विषयहरु छन् भने त्यसलाई सुधार गरेर हामी प्रदेशमा लगानीमैत्री वातावरण बनाउनुपर्छ भनेर लागि परेका छौँ । हाम्रो प्रदेशमा तीन वटा औद्योगिक ग्राम भनेर घोषणा गरेका छाँै । तर जति कार्यान्वयन गर्नुपर्ने हो त्यति कार्यान्वयन गर्न सकेका छैनौँ ।’


मन्त्री ढकालले प्रदेशमा लगानीमैत्री वातावरण बनाउन सरकार लागिपरेको बताउनु भयो । उहाँले लुम्बिनी प्रदेशमा तीन औद्योगिक ग्राम स्थापना गरेको भएपनि कार्यान्वनय गर्न नसकेको बताउनु भयो । भैरहवा विमानस्थललाई नियमित सञ्चालन गर्ने विषयमा संघ र प्रदेश सरकारले मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । 

Previous Post

सरकारले कोप—२९ मा जलवायु वित्तलाई प्राथमिकतामा राख्ने

Next Post

जनकपुरमा बढ्यो माटोका भाँडाको माग, पुर्ख्यौली पेशा विस्थापित हुने डर

Next Post

जनकपुरमा बढ्यो माटोका भाँडाको माग, पुर्ख्यौली पेशा विस्थापित हुने डर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन