Saturday, July 12, 2025
Social icon element need JNews Essential plugin to be activated.
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
travel pokhara temple in pokara pokhara temple pokara temple temple in pokhara travel to pokhara pokhara lakeside things to do in pokhara
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

विपी राजमार्गः छोटो दूरीका कारण ५ घण्टाको जाम बसेरै यात्रा गर्न बाध्य छन् यात्रुहरु

नीतिप्रेस by नीतिप्रेस
October 23, 2024
in agriculture, Uncategorized, अन्य, घटना, जीवनशैली, धर्म/संस्कृति, विचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अविरल वर्षासँगै सुनकोशी नदीमा आएको बाढीले संघीय राजधानी काठमाडौंबाट पूर्वी क्षेत्र जोड्ने सडक सञ्जाल छिन्नभिन्न छ । गत असोज ११ र १२ गतेको अविरल वर्षाले देशभर नै ठूलो जनधनको क्षति ग¥यो । पुल पुलेसा, सडक सञ्जाल र भौतिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति भएको छ । विपद्का कारण आवागमन रोकिएका सडक सञ्जालहरु अधिकांश पूर्ण रुपमा नै सञ्चालनमा आइसकेका छन् । तर विपी राजमार्ग भने अझै पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । पूर्ववर्ती क्षेत्रबाट संघीय राजधानी आउने वैकिल्पक बाटो भनेको उदयपुर चितवनबाट काठमाडौं आउने हो । तर लामो पर्ने भएकाले पाँच घण्टा भन्दा बढी जाममा बसेर भएपनि विपी राजमार्गबाटै काठमाडौं आउने गरेका छन् । विपी राजमार्गको यात्राका क्रममा पर्यटकहरु पनि सास्ती व्यहोरिरहेका छन् । सुनकोशीले धेरै ठाउँमा सडक नै बगाएको छ । त्यसको विकल्प दिन सरकारलाई अझै धेरै समय लाग्ने निश्चितप्रायः छ । स्थलगत रिपोर्टिङका क्रममा न्युज एजेन्सी नेपालले विपी राजमार्गमा भेटिएका एक जना सवारी चालकसँग कुरा गर्दा उहाँले ४÷५ घण्टा कुरेर बस्नुपर्ने र अर्को बाटो जाँदा एक दिन पूरै समय जाने भएकाले जाममा बसेरै छोटो बाटो जाने गरेको बताउनु भयो । तत्काल बाटो बन्छ जस्तो उहाँलाई लागेको छैन । चितवन हुँदै जाँदा बाटो घुमाउरो भएकाले विपी राजमार्ग हुँदै नै जान छिटो हुने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘४÷५ घण्टा कुरेर बस्नुपर्छ । बाटो बन्ला जस्तो छैन, बाटो नै यस्तो छ । शुरुमै यस्तो जाम परिसक्यो, बीच बीचमा अझ कति बाँकी छ । उताबाट जाँदा घुमेर जानुपर्छ, टाढा छ ।’
सोही क्रममा भेटिनुभएकी रुसकी पर्यटकले आफूसँग समय नरहेको तर अघि बढ्न समस्या भएको गुनासो गर्नुभयो । उहाँले काठमाडौंका लागि आफू हिँडेपनि बाटोमा धेरै समयदेखि जाममा बस्नुपरेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘यहाँ किन केही गरिएको छैन, थाहा छैन, मसँग समय छैन । म काठमाडौंका लागि हिँडेको हो । मेरो घर रसिया हो ।’

काभ्रेको भकुण्डेबेंसी क्षेत्रमा भेटिनुभएका मोटरसाइकल चालकसँग कुरा गर्दा उहाँले  आफू झापाबाट काठमाडौं हिँडेको दुई दिनमा भकुण्डेबेंसी आइपुगेको बताउनु भयो । उहाँले बाटो चितवनतिर पनि बिग्रिएकाले छोटै बाटोबाट जाने निर्णय गरेर आएपछि सहज नरहेको प्रतिक्रिया दिनुभयो । उहाँले विगतमा बाटो राम्रो हुँदा एक दिनमा पुग्ने ठाउँ अहिले दुई दिनमा पनि पुग्न कठिन भइरहेको गुनासो गर्नुभयो । नदीले अहिले आफ्नो क्षेत्र ओगटेकाले नदीले नभेट्ने क्षेत्रलाई मध्यनजर गरी सडक सञ्जाल बनाउन सरकारलाई सुझावसमेत दिनुभयो । 
उहाँले भन्नुभयो, ‘म झापाबाट हिँडेको । बाटो उता पनि धेरै नराम्रो छ । त्यसैले आउन नसकेर साथीको घरमा बास बसेर अहिले बिहान हिँडेको । विगतमा यो बाटो धेरै राम्रो थियो । अहिले दुई दिन लाग्छ । खोलाले आफ्नो क्षेत्र ओगटेको छ । उसलाई उसको क्षेत्र छोडेर बाँकी क्षेत्रमा मात्रै बाटो बनाउनु पर्छ ।’


बाढी, पहिरोका कारण विपी राजमार्गसहित देशभर सडक, पूर्वाधारका क्षेत्रमा ६ अर्ब बढीको क्षति भएको अनुमान छ । तर काम पूरा गर्नका लागि १५ अर्ब बढी रकम लाग्ने सरकारले अनुमान गरेको छ । 

Previous Post

जनकपुरमा बढ्यो माटोका भाँडाको माग, पुर्ख्यौली पेशा विस्थापित हुने डर

Next Post

सूर्यदर्शन सहकारी पीडित भन्छन्ः रास्वपाले हाम्रो भावनामाथि खेलवाड ग¥यो

Next Post

सूर्यदर्शन सहकारी पीडित भन्छन्ः रास्वपाले हाम्रो भावनामाथि खेलवाड ग¥यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

  • पूर्वराजाका संवाद सचिव प्रहरी नियन्त्रणमा
    Source: Nitipress Published on 2025-07-11
  • कांग्रेस नेता सिटौला पोखरामा, शनिबार अन्तरक्रिया हुने
    Source: Nitipress Published on 2025-07-11
  • आमाको नामबाट नागरिकता पाउने कानूनी आधार तय गर्न नागरिकता विधेयक संशोधनः गृहमन्त्री लेखक
    Source: Nitipress Published on 2025-07-11
  • आफ्नै बुबाको हत्या आरोपमा छोरा पक्राउ
    Source: Nitipress Published on 2025-07-11
  • काठमाडौं महानगरले असार २९ गते बजेट ल्याउने
    Source: Nitipress Published on 2025-07-11
  • करिब ६ हजार साइक्लिस्ट सहभागी हुने राइड हुँदै
    Source: Nitipress Published on 2025-07-11
  • मौद्रिक नीति छिटो ल्याएका छौं, अब बैंकहरुलाई आगामी वर्षका कार्यक्रमहरु बनाउन सहज हुनेछ
    Source: Nitipress Published on 2025-07-11
  • सामाजिक सुरक्षा प्रणालीमा आमुल सुधार आवश्यकः मन्त्री सुडी
    Source: Nitipress Published on 2025-07-11
  • भोटेकोशी बाढी: ६ जनाको शव र ५ मानव अंग फेला
    Source: Nitipress Published on 2025-07-11
  • छोरेपाटन माविका अध्यक्ष पहारीलाई कालोमोसो
    Source: Nitipress Published on 2025-07-11
  • नेपाल राष्ट्र बैंकले गर्‍यो चेक बाउन्स सम्बन्धि नयाँ व्यवस्था
    Source: Nitipress Published on 2025-07-11
  • किसानको मागअनुसार मल उपलब्ध गराउन सरकारलाई संसदीय समितिको निर्देशन
    Source: Nitipress Published on 2025-07-10
  • भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको रंगशाला बनाउने गरी सोचिरहेका छौँः प्रधानमन्त्री ओली
    Source: Nitipress Published on 2025-07-10
  • एक वर्षमै ४ खर्बले बढ्यो मुलुकको अर्थतन्त्र
    Source: Nitipress Published on 2025-07-10
  • नेपालतर्फका १० भन्दा बढी जलविद्युत आयोजनामा क्षति
    Source: Nitipress Published on 2025-07-10

https://nitipress.com/wp-content/uploads/2024/03/1230X1004.gift
https://nitipress.com/wp-content/uploads/2024/03/vf7vugy_3-1.gif
https://nitipress.com/wp-content/uploads/2024/03/Nerolac02revise-1.gif

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

कार्यकारी सम्पादक : हरि पन्त

वेव डिजाइनर : डम्मर खडायत

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • खेलकुद
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति
Social icon element need JNews Essential plugin to be activated.

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन