• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सूर्यदर्शन सहकारी पीडित भन्छन्ः रास्वपाले हाम्रो भावनामाथि खेलवाड ग¥यो

नीतिप्रेस by नीतिप्रेस
October 23, 2024
in Uncategorized, अन्तर्राष्ट्रिय समाचार, अन्य, अर्थ/वाणिज्य, गण्डकी प्रदेश, घटना, जीवनशैली, नेपाली समाचार आजको, राजनीति, समाचार, सूचना प्रविधि
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सूर्यदर्शन सहकारी वचत पीडितहरुले राष्ट्रिय स्वतन्त्र पार्टीले आफुहरुको सङ्घर्षलाई दबाउन खोजेको बताएका छन् ।


बुधवार पोखरामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सूर्यदर्शन सहकारी वचत पीडितहरुले राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरुको सङ्घर्षलाई दबाउन खोजेको बताएका हुन् । आफूहरु सहकारीको वचत रकम फिर्ताको मागसहित आन्दोलित भएको भन्दै उनीहरुले रास्वपाले समेत सोही नारा बोकेर पीडितहरुको भावनामाथि खेलवाड गरेको आरोप लगाएका छन् । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सूर्यदर्शन सहकारी संस्थाका वचत पीडित गोकर्ण बरुवालले आफूहरु वचत रकम फिर्ताको मागसहित आन्दोलित भएको बताउनु भयो । उहाँले रास्वपाले आफ्नो राजनीतिक स्वार्थपूर्तिका लागि सहकारी पीडितको आवाज बोलेजस्तो गरेको आरोप लगाउनु भयो । 
उहाँले भन्नुभयो – ‘वचत पीडितहरु वचत फिर्ताको माग गरी आन्दोलित भएको हो । वचत रकम फिर्ताको लागि आन्दोलन गर्दा दबाउनुपर्ने के छ ? आन्दोलनलाई दबाउँदाखेरी उहाँहरुको राजनीतिक नारा बलियो हुने हो ? उहाँहरुको राजनीतिक स्वार्थ पूरा गर्ने हो ? हाम्रो राजनीतिक स्वार्थको अभियान होइन । हामी सबै राजनीतिक विचारधाराहरुको संयुक्त रुपमा रहेका साथीहरुको वचत रकम फिर्ता गर्ने अभियान मात्र हो । रास्वपाले पनि हाम्रो नारा बोकेर आएको छ । तर उहाँहरुको नारा र हाम्रो वचतकर्ता साथीहरुको नाराको भावनामा फरक छ । उहाँहरु हाम्रो भावनामाथि खेलवाड गर्न चाहनुहुन्छ । हामीहरु कसैको पनि भावनामा खेलवाड नगरिकन रकम फिर्तासँग मात्र सम्बन्धित छ ।’


सूर्यदर्शन वचत पीडित संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले आफूहरु कुनै राजनीति पार्टीसँग सम्बन्धित नभएको भन्दै आफूहरुले वचत फिर्ताको माग राखेर आन्दोलन गरिरहेको बताउनु भयो । उहाँले आफूहरुको वचत छिटोभन्दा छिटो फिर्ता गराउन सरकारसँग माग गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘सहकारीमा प्रतिवादी कायम भएर अनुसन्धान गर्ने विषयमा रवि लामिछानेलाई प्रक्राउ गरेर जब कास्की ल्याइयो । पोखरामा जुन प्रदर्शन गरिएको छ, यो समय र सन्दर्भ नमिलेको भन्ने हाम्रो बुझाई छ । यो संघर्ष र प्रदर्शन कुनै औचित्य नभएको भन्ने हाम्रो ठम्याइ छ । हामी कुनै राजनीतिक पार्टीसँग आवद्ध छैनौँ । हामी नितान्त हाम्रो वचत फिर्ता होस् भन्ने विषयमा मात्रै केन्द्रित छौँ । सरकारले हाम्रो वचत छिटोभन्दा छिटो फिर्ता गराओस् ।’

सूर्यदर्शन सहकारी वचत पीडित सङ्घर्ष समितिका सचिव दुर्गानाथ न्यौपानेले पक्राउ पर्न बाँकी रहेका सहकारी ठगहरुलाई तुरुन्त पक्राउ गर्न माग गर्नुभयो । उहाँले उनीहरुको सम्पत्ति लिलामी गरेर वचत फिर्ता गराउनका लागि आफूहरुले सरकारलाई दबाब दिइरहेको बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘हाम्रो माग सम्पूर्ण अपराधि, ठगहरुलाई पक्राउ गर्नुप¥यो । पक्राउ गर्न बाँकी ठगहरुलाई छिटोभन्दा छिटो सरकारले पक्राउ गर्नुप¥यो । अनि हाम्रो वचत पीडितहरुको रकम जसरी पनि फिर्ता गर्नुप¥यो । उनीहरुको जग्गा, जमिन लिलामी गरेर भएपनि वचत फिर्ता गर्न शुरु गर्नुप¥यो । हाम्रो दबाब त्यो हो ।’


त्यसैगरी सूर्यदर्शन सहकारी वचत पीडित प्रेमप्रसाद रेग्मीले बाहिरी जिल्लाबाट पोखरामा आएका रास्वपाका कार्यकर्ताले सहकारी पीडितको घर–घरमा पुगेर आश्वासन दिइरहेका भन्दै खेद व्यक्त गर्नुभयो । उहाँले रास्वपा कार्यकर्ताले आफ्नो सभापति अनुसन्धानमा तानिएपछि मात्रै सहकारी पीडितको न्यायको लागि बोलेर आफूहरुको सङ्घर्षलाई अन्तै मोड्ने काम गरिएको बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘रास्वपाका व्यक्तिहरु बाहिरी जिल्लाबाट आएर पीडितलाई आश्वासन दिने, संघर्षलाई अन्त मोड्ने काम गर्नुभएको छ । त्यो गलत छ । रास्वपा सभापति अनुसन्धानमा तानिएपछि मात्र उहाँहरुले सहककारी पीडितलाई न्याय दे भन्नु खेदजनक छ । कानूनले के भन्छ त्यता सहयोग गर्नुस् ।’


उहाँले कानूनअनुरुप सहयोग गर्न रास्वपा कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

Previous Post

विपी राजमार्गः छोटो दूरीका कारण ५ घण्टाको जाम बसेरै यात्रा गर्न बाध्य छन् यात्रुहरु

Next Post

जलवायु वित्तको नयाँ लक्ष्य असफल गराउने सुविधा कसैलाई छैनः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री

Next Post

जलवायु वित्तको नयाँ लक्ष्य असफल गराउने सुविधा कसैलाई छैनः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन